काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भयो । भारतले जितका लागि १२९ रनको सामान्य लक्ष्य पाएको छ । नेपालको इनिङ्समा दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । आशिष लुहारले २९ रन जोडे । नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो । समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट

Read Complete Original Article
Published originally on अनलाइनपाना



![विपद्पछिको पुनर्निर्माणमा पाँच अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान [भिडियो]](https://hamrakura.com/uploads/news/images/swarnim-wagle-20-07.jpg)


