करिब दुई महिनापछि खुल्यो तातोपानी नाका, पहिलो दिन ६ कन्टेनर आवतजावत

काठमाडौं, कात्तिक १ । करिब दुई महिनादेखि बन्द रहेको तातोपानी भन्सार नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ १४ गतेदेखि बन्द रहेको नाका कात्तिक १ गतेदेखि खुलेसँगै पहिलो दिन ६ वटा कन्टेनर आवतजावत गरेका छन् । तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीका अनुसार चीनबाट तीनवटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् भने नेपालबाट तीनवटा खाली कन्टेनर चीनतर्फ गएका छन् । चीनबाट आएका कन्टेनरमा मिश्रित सामान रहेको जैसीले जानकारी दिनुभयो । अर्थ मन्त्रालयका अनुसार चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको अनौपचारिक जानकारी प्राप्त भएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कर्णालीकी शिला, जसले कोरिन् पत्थरमा भविष्य
‘सपना टुट्नु जीवनको अन्त्य होइन, नयाँ बाटोको सुरूवात पनि हो ।’ यो भनाइ महिला उद्यमी शिला नेपाली विश्वकर्माको जीवनसँग मेल खान्छ । वि.सं. २०४१ सालमा ...

विराटनगर किङ्ससँग जोडियो बागमती प्लास्टिक, बन्यो अफिसियल होम पार्टनर
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका ...

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै
‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएको छ । इराकको राजधानी बग्दादमा आयोजित ...

दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, बाहिरिए ४ लाख ९६ हजार यात्रु
बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ...


