Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कम्युनिष्ट एकता र पार्टी पुनर्निर्माणलाई प्राथमिकता राखेर प्रचण्डले अघि सारे दुई महिने अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्युनिष्ट एकता र पार्टी पुनर्निर्माणलाई प्राथमिकता राखेर प्रचण्डले अघि सारे दुई महिने अभियान
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्निर्माण, कम्युनिष्ट घटकहरूबीच एकता र राष्ट्रिय स्वाधीनताको रक्षालाई प्राथमिकतामा राख्दै दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ। उहाँले अभियानमार्फत पार्टी सदस्यता नवीकरण, आगामी स्थानीय तहको निर्वाचनको प्रारम्भिक तयारी तथा पार्टी महाधिवेशनको तयारीलाई समेत अघि बढाइने जानकारी दिनुभएको छ। नेकपाको उपत्यका प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विविध कारणले मंसिरमा महाधिवेशन गर्न सम्भव नभएपछि राष्ट्रिय जागरण अभियानलाई त्यसको तयारीको माध्यम बनाइएको स्पष्ट पार्नुभयो। अभियानको अर्को महत्वपूर्ण उद्देश्य जनतासँग पार्टीको सम्बन्ध पुनः स्थापित गर्नु र आन्दोलन तथा जनताबीच बलियो सम्बन्ध कायम गर्नु रहेको उहाँको भनाइ थियो। उहाँले पार्टी पुनर्निर्माणका लागि विभिन्न कम्युनिष्ट घटकबीच एकता र ध्रुवीकरणको प्रक्रियालाई निरन्तरता दिइने बताउनुभयो। नेपालमा वामपन्थी जनमतको ठूलो हिस्सा रहेकाले त्यसलाई एकीकृत गर्न सके मात्रै समाजवाद निर्माणको आधार तयार हुने उहाँले उल्लेख गर्नुभयो। विभिन्न कम्युनिष्ट समूह तथा अन्य पक्षसँग वार्ता, संवाद र सहकार्य गरेर एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले नेता तथा कार्यकर्तालाई आआफ्नो क्षेत्रमा रहेका कम्युनिष्ट समूहसँग संवाद अघि बढाउन आग्रह गर्नुभयो। ‘अन्य विभिन्न पक्षसँग वार्ता, संवाद, सकारात्मक र रचनात्मक सोचका साथ एकतामा ल्याउन, ध्रुवीकरणमा ल्याउन हामी सबैले सामूहिक रूपमा प्रयास गर्नुपर्दछ। हामी केन्द्रमा चाहिँ आशावादी छौँ। अहिले विभिन्न पक्षसँग हामी सहकार्यमै छौँ,’ उहाँले भन्नुभयो। संयोजक प्रचण्डले सहकार्य र कार्यगत एकताको प्रक्रियालाई अघि बढाउँदै विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी सबैलाई एकताको झण्डामुनि केन्द्रित गर्ने पार्टीको लक्ष्य रहेको बताउनुभयो। त्यसबाट मात्रै देशमा देखिएका राजनीतिक तथा अन्य समस्याको समाधान गर्न सकिने उहाँको विश्वास थियो। उहाँले वर्तमान राजनीतिक सङ्कट समाधानका लागि कम्युनिष्ट घटकबीचको एकता मात्र पर्याप्त नहुने पनि स्पष्ट पार्नुभयो। शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच समेत मोर्चाबन्दी आवश्यक रहेको उहाँको भनाइ थियो। यसक्रममा नेकपाले नेकपा एमाले र मसालसँग समेत कार्यगत एकताको प्रक्रिया सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो। साना–ठूला सबै कम्युनिष्ट समूहलाई एकताको प्रक्रियामा समेट्ने प्रयास जारी रहेको उल्लेख गर्दै उहाँले विगतमा एकताको प्रयास असफल भए पनि त्यसकै कारण पुनः प्रयास गर्न छाड्न नहुने बताउनुभयो। ‘हामीले विगतमा पनि एकताको झण्डा नउठाएको होइन। सबैलाई सम्झना छँदैछ। तर त्यसलाई बचाउन सकिएन। एकपटक असफल भयो भन्दैमा फेरि पनि प्रयास नै नगर्ने भन्ने हुन सक्दैन,’ उहाँले भन्नुभयो। उहाँले शान्ति, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउन पार्टीले संवाद र सहकार्यलाई अघि बढाइरहेको पनि बताउनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ : अध्यक्ष लिङ्देन
PoliticsJust now

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व प्रहरी परिषद्को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले अवकाशपछि पनि राष्ट्र र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी रहने बताए । पूर्व प्रहरीहरूलाई संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई राष्ट्र सेवामा परिचालन गर्नुपर्ने ...

फरकधार
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य
PoliticsJust now

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित बाँकी निर्माण र व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले फ्लडलाइट जडान, दर्शक सिट र फर्निसिङको लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन ...

फरकधार
सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय
PoliticsJust now

सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय

गोरखापत्र समाचारदाताकाठमाडौं, मंसिर १२ गते । नेपाली कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षाका साथै जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्दै सशक्त प्रतिपक्षी भूम... ...

गोरखापत्र
कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने
PoliticsJust now

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद, मंसिर १६ मा प्रधानमन्त्री शाहले उद्घाटन गर्ने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement