Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कम्बोडिया र क्यानडा पठाइदिने भन्दै ७० लाख ठगेको आरोपमा नोर्गेन र सुस्मिता पक्राउ

कम्बोडिया र क्यानडा पठाइदिने भन्दै ७० लाख ठगेको आरोपमा नोर्गेन र सुस्मिता पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम्बोडिया र क्यानडा पठाइदिने भन्दै ७० लाख ठगेको आरोपमा नोर्गेन र सुस्मिता पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला र एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेको चौँरीदेउराली गाउँपालिका–९ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २४ वर्षीया सुस्मिता रसाइली रहेका छन्। प्रहरीले उनीहरूलाई हिजो पक्राउ गरेको हो। प्रहरीका अनुसार नोर्गेनले कम्बोडिया पठाइदिने भन्दै दुई जना पीडितबाट ४० लाख रुपैयाँ लिएका थिए। त्यस्तै, सुस्मिताले क्यानडा पठाइदिने भन्दै तीन जना पीडितबाट ३० लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूबाट खटिएको टोलीले नोर्गेनलाई ललितपुर महानगरपालिका–३ र सुस्मितालाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
ताजा खबरJust now

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

रातोपाटी
स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
ताजा खबरJust now

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

रातोपाटी
लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
ताजा खबरJust now

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

रातोपाटी
लिड्समाथि बर्नमाउथको सहज जित
ताजा खबरJust now

लिड्समाथि बर्नमाउथको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play