Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘कबड्डी ५’ लाई प्रदर्शनको तीन दिनमै क्युएफएक्सले दियो सुपरहिट ट्याग

‘कबड्डी ५’ लाई प्रदर्शनको तीन दिनमै क्युएफएक्सले दियो सुपरहिट ट्याग

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कबड्डी ५’ लाई प्रदर्शनको तीन दिनमै क्युएफएक्सले दियो सुपरहिट ट्याग

काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’लाई देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ । क्युएफएक्सले प्रदर्शनको तेस्रो दिन अर्थात् आज आइतबारदेखि नै सिनेमालाई सुपरहिटको ट्याग दिएको हो । देशका प्रमुख ९ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा सिनेमा प्रदर्शन भइरहेको छ । ती सबै हलमा दुई दिनमै सिनेमाले डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएपछि तेस्रो दिन क्युएफएक्सले सिनेमालाई सुपरहिटको ट्याग दिएको हो । क्युएफएक्सले आज उपत्यका र उपत्यकाबाहिरका हलमा गरी सिनेमालाई ७० भन्दा बढी शो दिएको छ । देशैभर सिनेमाले ३ सय भन्दा बढी शो पाएको निर्माण टिमले जनाएको छ । सिनेमाका अधिकांश शो हाउसफूल भइरहेका छन् । गत शुक्रबार अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको सिनेमाले सुरुवाती देखिदेखि नै आक्रमक व्यापार गरिरहेको छ । दुई दिनमा सिनेमाले ३ करोड माथि व्यापार गरिसकेको निर्माण टिमले अनुमान गरेका छन् । सिनेमाले पनि दर्शक र समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसैबीच सिनेमाका कलाकार, निर्देशक तथा निर्माताहरू देशैभर छरिएर हल भिजिटमा दर्शक साक्षात्कार गरिरहेका छन् । दर्शकहरूले विशेषतः सिनेमाका मुख्य कलाकार र काजीको विवाह भएकोमा खुसी व्यक्त गरिरहेका छन् । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ । बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

देशभर २३ वटा विपद्का घटनामा ६ जनाको मृत्यु
ताजा खबरJust now

देशभर २३ वटा विपद्का घटनामा ६ जनाको मृत्यु

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै दस जना घाइते... ...

रातोपाटी
सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !
ताजा खबरJust now

सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !

काठमाडौँ । गत वर्षको जेनजी आन्दोलनपछि आफ्ना केही सामान्य नीति र बुढ्यौलो नेतृत्व परिवर्तन गरेर नेपाली कांगे्रसले आफूलाई ‘अपडेट’ गर्दा सहयात्री दल एमाले र नेकपा भने पुरानै नेतृत्वलाई अघि सारेर... ...

रातोपाटी
लागुऔषध बेच्ने युवती पक्राउ
ताजा खबरJust now

लागुऔषध बेच्ने युवती पक्राउ

जानु पाण्डेकपिलवस्तु, कात्तिक ९ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा ब्राउन सुगरसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोराको... ...

गोरखापत्र
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
ताजा खबरJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति तथा सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play