काडमाडौं । कपन साहित्य समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । कपन क्याम्पसमा आयोजित उक्त कार्यक्रमको सञ्चालन त्रिलोचन आचार्यले गर्नुभएको थियो भने गणेशकुमार मिश्रले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । बुनापाका नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । लक्ष्मण अधिकारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा ओमप्रसाद कोइराला, विनोद दाहाल वत्स, लक्ष्मण अधिकारी, दुर्गा अधिकारी भमरकोटे, आल्फी फोहेम फाफुल्ला, मधुसुदन पाण्डेय, भलादमी भोला, रामकुमार पण्डित, भावना बराल, होमशंकर बास्तोला, जित कार्की, पुष्पा दाहाल, समृद्धि बास्तोला, शालिग्राम ढकाल, पवित्रा चिमौरिया, प्रवीणचन्द्र पौडेल, प्रमोद नेपाल, हेमा अधिकारी, पार्वता गौतम, भारद्वाज मित्र (डा.कृष्णप्रसाद सुवेदी) त्रिलोचन आचार्यलगायत साहित्यकारहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति मिश्रले रचनावाचनसहित कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा खगेन्द्र बराल र दुर्गा अधिकारी भमरकोटेले देउसी प्रस्तुत गर्नुभएको थियो ।
कपन साहित्य समाजको रचनावाचन तथा शुभकामना आदानप्रदान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






