Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा चम्किए नेपाली खेलाडी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा चम्किए नेपाली खेलाडी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लिग चरणका खेलहरू सकिँदा व्यक्तिगत प्रदर्शनमा नेपाली खेलाडीहरूको दबदबा देखिएको छ । सर्वाधिक रन बनाउनेदेखि सर्वाधिक विकेट लिने खेलाडीको सूचीसम्म नेपाली क्रिकेटरहरू अगाडि देखिएका छन् । ब्याटिङ, बलिङ, फिल्डिङ र विकेटकिपिङ सबैजसो विधामा नेपाली खेलाडीले आफ्नो प्रभाव जमाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित नामहरू सहभागी भए पनि व्यक्तिगत तथ्यांकका शीर्ष स्थानमा भने नेपाली खेलाडीको उपस्थिति बलियो छ । जनकपुर बोल्ट्सका १६ वर्षीय राहुल यादव १२ विकेटसहित शीर्ष स्थानमा हुनुहुन्छ । एनपिएलको यही संस्करणबाट टी-२० क्रिकेटमा औपचारिक डेब्यु गर्नुभएका राहुलले सात खेलमै आफूलाई प्रभावशाली बलरका रूपमा स्थापित गर्नुभएको हो । राहुलपछि चितवन राइनोजका रिजन ढकाल र काठमान्डु गोर्खाजका जहाँदाद खान पनि उहाँकै हाराहारीमा हुनुहुन्छ । यद्यपि, राहुलको टोली जनकपुर उपाधि होडबाट बाहिरिसकेकाले उनको विकेट संख्या अब बढ्ने छैन । चितवन र काठमान्डु भने प्लेअफमा पुगेकाले रिजन र जहाँदादसँग शीर्ष स्थानमा पुग्ने अवसर छ । सुदूरपश्चिम रोयल्सका अनिल खरेल र चितवनका कमलसिंह ऐरीले पनि १०-१० विकेट लिनुभएको छ । यसरी सर्वाधिक विकेट लिने शीर्ष खेलाडीको सूचीमा नेपाली बलरको उपस्थिति उल्लेख्य छ । ब्याटिङतर्फ पनि नेपाली खेलाडीले विदेशी खेलाडीलाई चुनौती दिइरहेका छन् । विराटनगर किङ्सका लोकेश बम सात खेलबाट २४२ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा पहिलो स्थानमा हुनुहुन्छ । पोखरा एभेन्जर्सका क्यानडेली ब्याट्सम्यान युवराजसिंह सामरा २०५ रनसहित दोस्रो स्थानमा हुनुहुन्छ । जारी प्रतियोगितामा शतक बनाउने उहाँ एकमात्र ब्याट्सम्यान हो । चितवनका विदेशी खेलाडी रवि बोपरा १८४ रनसहित तेस्रो स्थानमा रहँदा काठमान्डुका नेपाली ब्याट्सम्यान रासिद खान १५५ रनसहित चौथो स्थानमा हुनुहुन्छ । अर्धशतक बनाउने खेलाडीको सूचीमा पनि नेपाली ब्याट्सम्यानको उपस्थिति बलियो छ । रासिद खान, लोकेश बम र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई अर्धशतक बनाएका छन् । यस्तै, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा पनि लोकेश नै अगाडि हुनुहुन्छ । क्यारेबियन खेलाडी आन्द्रे रसेल १४ छक्कासहित दोस्रो स्थानमा हुनुहुन्छ । तर, रसेल नेपालबाट फर्किसक्नु भएको छ । व्यक्तिगत बलिङ प्रदर्शनमा विराटनगरका कप्तान सन्दीप लामिछानेको उपलब्धि पनि उल्लेखनीय छ । उहाँले पोखरा एभेन्जर्सविरुद्ध एकै खेलमा ह्याट्रिकसहित ६ विकेट लिनुभएको थियो । चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिनुभएको थियो । प्रतियोगितामा हालसम्म कुनै पनि अन्य बलरले एउटै खेलमा ६ विकेट लिन सकेका छैनन् । एनपिएलको तेस्रो संस्करणमा नेपाली खेलाडीको प्रभाव ब्याटिङ र बलिङमा मात्र सीमित छैन । फिल्डिङ तथा विकेटकिपिङमा समेत उनीहरूले आफ्नो क्षमता देखाएका छन् । फिल्डिङ र विकेटकिपिङमा समेत नेपाली खेलाडीको प्रदर्शन कमजोर छैन । विकेटकिपरमध्ये सुदूरपश्चिमका विनोद भण्डारी सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँले सात खेलमा पाँच क्याच र एक स्टम्पिङ गर्दै कुल ६ ब्याट्सम्यानलाई आउट गराउनुभएको छ । सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा भने कर्णाली याक्सका बंगलादेशी खेलाडी अरिफुल इस्लाम सात क्याचसहित पहिलो स्थानमा हुनुहुन्छ । जनकपुरका राहुल यादवले ६ क्याच लिनुभएको छ । यस्तै, कर्णालीका गुलसन झा, काठमान्डुका जहाँदाद खान र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले पाँच-पाँच क्याच लिनुभएको छ । दुई खेलअगावै प्लेअफ पुग्ने चारै टोलीको टुंगोदुई खेलअगावै एनपिएल सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । शनिबार भएको खेलमा साबिक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बनेको हो । लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो । लुम्बिनीले विराटनगरलाई हराएपछि र काठमान्डु गोर्खाज र चितवन राइनोजले आफ्नो खेल नभए पनि प्लेअफमा स्थान बनाउन सफल भएका हुन् । हारपछि सात खेलबाट ६ अंक जोडेर विराटनगर लिग चरणबाटै बाहिरिएको छ । चितवनले कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । साथै चितवनले एलिमिनेटर खेल्ने पनि पक्का भएको छ । चितवनले अन्तिम खेल जितेपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सलाई भेट्ने छैन । अन्तिम खेलमा जितपछि लुम्बिनी सात खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । सुदूरपश्चिमले पनि सात खेल खेलिसकको छ र १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेल खेलेको काठमान्डु आठ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले आफ्नो अन्तिम लिग खेल जितेमा सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र पहिलो क्वालिफायर खेल्नेछ । एनपिएलको दोस्रो संस्करणमा प्लेअफ खेलेका चारमध्ये तीन टोली लुम्बिनी, सुदूरपश्चिम र काठमान्डुले तेस्रो संस्करणमा पनि प्लेअफमा स्थान बनाउँदा चितवन दोस्रो पटक प्लेअफ पुगेको हो । चितवनले पहिलो संस्करणमा पनि प्लेअफ खेलेको थियो । यस्तै, सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टिम बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
९९औं विकल जयन्ती सम्पन्न
Latest NewsJust now

९९औं विकल जयन्ती सम्पन्न

काडमाडौं । रमेश विकल साहित्य प्रतिष्ठानको प्रांगण आरुबारीमा ९९औं विकल जयन्ती आयोजना गरियो । विकल चोक, आरुबारीमा अवस्थित रमेश विकलको अर्धकदको प्रतिमामा माल्यार्पणलगत्तै रमेश विकल साहित्य प्रतिष्ठान भवन पुगेर संक्षिप्त स्मृतिसभाको आयोजना सम्पन्न भएको थियो । काठमाडौं उत्तरपूर्वी भेगका साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयको उपस्थितिमा सम्पन्न उक्त सभाको प्रमुख अतिथिका हैसियतमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले, लेखकले समाज केलाउँछ-कृति छोड्छ, ...

हिमालय टाइम्स
कपन साहित्य समाजको रचनावाचन तथा शुभकामना आदानप्रदान
Latest NewsJust now

कपन साहित्य समाजको रचनावाचन तथा शुभकामना आदानप्रदान

काडमाडौं । कपन साहित्य समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । कपन क्याम्पसमा आयोजित उक्त कार्यक्रमको सञ्चालन त्रिलोचन आचार्यले गर्नुभएको थियो भने गणेशकुमार मिश्रले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । बुनापाका नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । लक्ष्मण अधिकारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा ओमप्रसाद कोइराला, विनोद ...

हिमालय टाइम्स
एनपिएल : काठमान्डुले पहिलो इलिमिनेटरमा चितवनसँग खेल्ने
Latest NewsJust now

एनपिएल : काठमान्डुले पहिलो इलिमिनेटरमा चितवनसँग खेल्ने

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह साम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको घातक बलिङप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा पोखराले कीर्तिमानी प्रदर्शन गर्दै सानदार जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा तीन ...

हिमालय टाइम्स
एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित
Latest NewsJust now

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इटालीमाथि ४-१ गोल अन्तरको फराकिलो पुनरागमन जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा सुरुआती अग्रता भने इटालीले लिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play