Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

भिनिसियसको दुई गोल खेर, रोनाल्डोबिनाको पोर्चुगल पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिनिसियसको दुई गोल खेर, रोनाल्डोबिनाको पोर्चुगल पराजित
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । अन्तर्राष्ट्रिय फुटबलमा अप्रत्याशित नतिजाहरू आएका छन् । भिनिसियस जुनियरले दुई शानदार गोल गरे पनि ब्राजिल जापानसँग ३-२ गोलले पराजित भयो । यस्तै, क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछिको पहिलो खेल खेलेको पोर्चुगल डेनमार्कसँग ४-१ गोलको फराकिलो अन्तरले स्तब्ध बन्यो । सिंगापुरमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गर्दै ब्राजिलमाथि ऐतिहासिक जित निकालेको हो । जापानले १३ महिनाभित्र दोस्रो पटक ब्राजिललाई पराजित गरेको छ । विदेशी भूमिमा ब्राजिलविरुद्ध जापानको यो पहिलो जित हो । खेलमा जापानले सुरुआतमै दुई गोलको अग्रता बनाएको थियो । ताकेफुसा कुबोले १५औँ मिनेटमा गोल गर्दै जापानलाई अघि बढाउनुभएको थियो । त्यसको चार मिनेटपछि केइटो नाकामुराले अग्रता दोब्बर बनाउनुभयो । दुई गोलले पछि परेको ब्राजिललाई रियल म्याड्रिडका स्टार भिनिसियसले खेलको ३०औँ मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गर्नुभयो । खेल सकिन १५ मिनेट बाँकी रहँदा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-२ को बराबरीमा पुर्‍याउनुभयो । तर, जापानले अन्तिम समयसम्म दबाब कायम राख्यो । इन्जुरी समयको पहिलो मिनेटमा टाट्सुहिरो साकामोटोले गोल गर्दै जापानलाई ३-२ को जित दिलाउनुभयो । निर्णायक गोल हुनु अघिको घटनालाई लिएर ब्राजिलले फाउल भएको भन्दै विरोध गरेको थियो । विवादका क्रममा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी र बार्सिलोनाका राफिन्हाले रातो कार्ड पाउनुभयो । यता, युइएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा पोर्चुगल डेनमार्कसँग ४-१ ले पराजित भयो । रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगलले घरेलु मैदानमा अप्रत्याशित हार बेहोरेको हो । डेनमार्कको जितमा रासमुस होइलुन्डले दुई तथा पिएर एमिल होइबर्ग र जोआखिम एण्डरसनले समान एक गोल गर्नुभयो । पोर्चुगलका बर्नार्डो सिल्भाले इन्जुरी समयमा एक गोल फर्काउनुभयो । डेनमार्कका होइबर्गले ४३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफ सुरु भएको चार मिनेटमै होइलुण्डले गोल थप्नुभयो । उहाँले ६०औँ मिनेटअघि नै व्यक्तिगत दोस्रो गोल गरेपछि डेनमार्क बलियो अवस्थामा पुगेको थियो । ७५औँ मिनेटमा एण्डरसनले हेडरमार्फत गोल गर्दै अग्रता ४-० बनाउनुभयो । सिल्भाले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै हारको अन्तर घटाए पनि पोर्चुगल खेलमा फर्कन सकेन । यसैबीच, नेसन्स लिगका अन्य खेलमा नर्वे, स्विडेन र अस्ट्रियाले पनि जित निकाले। नर्वेले वेल्सलाई ३-१ गोलले पराजित गर्दा एर्लिङ हालाण्डले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । नर्वेका एन्टोनियो नुसा र आन्द्रेयास शेल्डेरुपले पनि गोल गरे। वेल्सका डेभिड ब्रुक्सले एक गोल फर्काउनुभयो । स्विडेनले बोस्निया एण्ड हर्जगोभिनालाई ३-२ ले हरायो । स्विडेनका भिक्टर ग्योकेरेसले दुई तथा डानियल स्वेन्सनले एक गोल गर्नुभयो । बोस्नियाका आर्मिन गिगोभिच र सेड कोलासिनाचले गोल गर्नुभएको थियो । अस्ट्रियाले सासा कालाजिचको निर्णायक गोलमा आयरल्यान्डलाई १-० ले पराजित गर्दै लिग बीबाट लिग ए मा बढुवा पक्का गर्‍यो । अन्य खेलमा हंगेरीले जर्जियालाई २-०, नर्दन आयरल्याण्डले युक्रेनलाई १-० र रोमानियाले पोल्याण्डलाई २-१ गोलले हराए । कोसोभो र इजरायलले भने गोलरहित बराबरी खेले । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित
Latest NewsJust now

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इटालीमाथि ४-१ गोल अन्तरको फराकिलो पुनरागमन जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा सुरुआती अग्रता भने इटालीले लिएको... ...

रातोपाटी
१० खेलाडीमा समेटिएको इंग्ल्याण्डद्वारा स्पेन ३-२ ले पराजित
Latest NewsJust now

१० खेलाडीमा समेटिएको इंग्ल्याण्डद्वारा स्पेन ३-२ ले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले स्पेनविरुद्ध ३-२ गोलको रोमाञ्चक जित हात पारेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ‘सी’ को छैटौँ खेलमा भएको... ...

रातोपाटी
एनएफएलमा तीन नयाँ टोली थप्ने बोलपत्रको म्याद थपियो
Latest NewsJust now

एनएफएलमा तीन नयाँ टोली थप्ने बोलपत्रको म्याद थपियो

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) मा थप तीन टोली सहभागी गराउने उद्देश्यले आह्वान गरिएको बोलपत्र पेस गर्ने म्याद शुक्रबारसम्म थप गरिएको छ । चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्‍याइएको एनएफएलका चेयरमेन कल्याण गुरुङले बताउनुभएको छ । यसअघि कात्तिक ३० (नोभेम्बर ...

हिमालय टाइम्स
टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा
Latest NewsJust now

टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले टर्किएमाथि २–१ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा फ्रान्सलाई जित दिलाउन एली जुनियर क्रुपीले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play