ओलीको कटाक्ष- नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको भन्दै उनले समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरे । ओलीले भने, ‘अब यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए, धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ’अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने सराप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् । भनेपछि ठप्प भए देवताहरू अब । अब देवता, बढी देवता जन्मिदैनन् । तर पार्वतीले सराप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ अध्यक्ष ओलीले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । योगको सुरुवाती चरण कुनै ईश्वरसँग सम्बन्धित नरहेको उनको दाबी छ । अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए । यिनै मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पतीमा लोभ नगर । आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि !’ अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने ओलीको भनाइ छ । पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको उनले दाबी गरे । त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको भनाइ छ । ‘तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ । त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन । सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन । आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ उनले भने । ओलीले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने पनि बताए । उनले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज तथा अनुसन्धान र रैथाने ज्ञान, सीप तथा परम्पराको खोजीमा ध्यान दिन आग्रह गरे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएल : कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे । जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइल अलीले २/२ ...

क्रिकेटको उल्लासमा झलमल्ल कीर्तिपुर (तस्वीरहरू)
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । ...

अवैध लागूऔषध सहित चार जना पक्राउ
१० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ… ...

पोखरा एभेन्जर्सको टाइटल स्पोन्सरमा द शाहंशाह अपार्टमेन्ट
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई टाइटल स्पोन्सर बनाएको छ। मंगलबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्स र द शाहंशाह अपार्टमेन्टबीच प्रायोजन सम्झौता भएको हो। सम्झौतापत्रमा अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरेका छन्। यस सहकार्यले टोलीको व्यावसायिक साझेदारी बलियो बनाउनुका… ...


