ओमानविरुद्ध नेपालको रोमाञ्चक जीत, अंक तालिकाको छैटौं स्थानमा

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। यो जितसँगै नेपाल ३० अंक जोड्दै अंक तालिकाको शीर्ष ६ स्थानमा उक्लिएको छ । लिग टु मा आफ्नो स्थान सुरक्षित राख्न नेपालका लागि यो खेल जित्नैपर्ने दबाब थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले ८० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए । अन्य ब्याटरहरूमा इशान पाण्डेले २९, बसिर अहमदले १७, करण केसीले ९, आसिफ शेखले ७ र गुल्सन झाले ५ रन जोडे । ओमानका बलर साह फैजलले ५ विकेट लिए । २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र नन्दन यादवले १-१ विकेट हात पारे ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका […] ...

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

ओमानविरुद्ध नेपाल १० रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओम... ...


