Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता

ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। अल अमिरात मैदानमा सोमबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। यो जितसँगै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सुरक्षित गरेको छ। नेपालले ३६ खेलबाट ३० अंक जोड्दै अंकतालिकाको छैटौँ स्थान सुरक्षित गरेको छ। यस नतिजासँगै नेपालले क्यानडालाई पछि पारेको छ। आईसीसीले आफ्नो फेसबुक पेजमार्फत नेपालको विश्वकप छनोट प्लेअफ खेल्ने बाटो खुला भएको जानकारी दिएको छ। नेपालको जितमा रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद
ताजा खबरJust now

पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद

कञ्चनपुरका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको हो । एक जनाले पेटभित्र पुडिया लुकाएका थिए भने अर्काले मुखभित्र लागूऔषध लुकाएर ल्याएका थिए । ...

कान्तिपुर
[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन
ताजा खबरJust now

[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन

२०५५ मा गठित संसदीय छानबिन समितिले राजस्व चुहावट र तस्करीमा संलग्न रहेको आरोपमा १३० जनाको नाम किटान गरेको थियो । ३ सय ३७ पृष्ठको प्रतिवेदनमा ५६ सरकारी निकायको समन्वयमा तस्करी हुने गरेको र बर्सेनि ४ अर्ब रुपैयाँ राजस्व नोक्सानी हुने गरेको उल्लेख थियो । ...

कान्तिपुर
दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
ताजा खबरJust now

दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ

जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । ...

कान्तिपुर
सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
ताजा खबरJust now

सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते

बारा । बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ । कुकुरले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play