एसिया कपमा स्थान बनाउन सफल टोलीलाई ३० लाख पुरस्कार दिने घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसिसी एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीलाई पुरस्कार दिने घोषणा गरेका हुन्। गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स युएईलाई ४४ रनले पराजित गर्दै नेपाल दोस्रोपटक एकदिवसीय एसिया कपमा छनोट भएको थियो। अध्यक्ष चन्दले एसिया कपमा स्थान बनाउन सफल हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले राष्ट्रिय टोलीको सफलताको सम्मान गर्दै सरकारले पनि खेलाडीलाई पुरस्कार घोषणा गर्नुपर्ने धारणा राखे। अध्यक्ष चन्दले एनपिएलले देशको अर्थतन्त्र र खेलकुद क्षेत्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए। कठिन परिस्थितिका बाबजुद सम्बन्धित सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो। उनले एनपिएलको वित्तीय पारदर्शिता र लेखापरीक्षण प्रक्रियामा पनि सुधार हुँदै गएको उल्लेख गरे। पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा वित्तीय व्यवस्थापन र अडिट प्रक्रियामा उल्लेख्य सुधार भएको उनले बताए।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

१२ बजे १२ समाचार : यस्ता छन आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एनपीएलको तेस्रो संस्करण भोलिदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण... ...

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...


