एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् । नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उनले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए । अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपिएलले ठूलो टेवा पु¥याएको पनि बताए । उनले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गरे ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

खोटाङमा 'दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान : ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा
• खोटाङ जिल्लामा युवा समूहले 'दसैँ, तिहार, चेलीलाई उपहार' अभियानअन्तर्गत ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा प्रदान गरेको छ। • यो अभियान कात्तिक ३ देखि ६ गतेसम्म सञ्चालन गरिएको थियो र तिहारमा पनि जारी रहने योजना छ। • आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै निःशुल्क यातायात सेवा उपलब्ध गराइएको छ। ...

हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता
ड्रोन आक्रमणमा परी बुधबार एक नेपाली श्रमिकले ज्यान गुमाए, त्यही दिनको अर्को घटनामा एक नेपाली घाइते भए ...

शादाब खानको सानदार शतकमा पाकिस्तानलाई इङ्गल्यान्डविरुद्ध १ विकेटको रोमाञ्चक जित
काठमाडौँ । लाहोरस्थित गद्दाफी रंगशालामा सम्पन्न त्रिकोणात्मक शृङ्खलाको खेलमा अलराउन्डर शादाब खानको उत्कृष्ट शतकको मद्दतले पाकिस्तानले इङ्ल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको छ । यस जितसँगै पाकिस्तान प्रतियोगिताको फाइनलमा प्रवेश... ...

लिभरपुलको प्रभावशाली जित, ब्राइटन २–० ले पराजित
लन्डन । लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै यस सिजन घरेलु मैदानमा पहिलो लिग जित निकालेको छ । आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुलले... ...


