Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ए र श्रीलंका एबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तान एले बंगलादेश एलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । बंगलादेश एले दिएको २३३ रनको लक्ष्य पाकिस्तानले ४५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा हसन नवाजले ६२ र शाहजेब खानले ५० रन बनाए । त्यसअघि बंगलादेशले शाहदत हुसेनको अविजित १०३ रनको मद्दतमा २३२ रन बनाएको थियो । यसअघि पहिलो सेमिफाइनलमा भारत एलाई पराजित गर्दै श्रीलंका ए फाइनलमा पुगेको थियो । अब दुवै टोलीबीच उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुने भएको छ । The post एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा
Latest NewsJust now

षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै उनले कांग्रेस सभापति गगन थापालगायत... ...

रातोपाटी
हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख
Latest NewsJust now

हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख

हुम्ला। हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले आठ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। कृषि विकास कार्यालय हुम्लाका अनुसार यो वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए। गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ...

नेपालन्युज
कर्णालीका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य परियोजना सञ्चालन हुने
Latest NewsJust now

कर्णालीका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य परियोजना सञ्चालन हुने

आँखा तथा कान उपचार सेवा उपलब्ध गराउन नेपाल नेत्रज्योति संघले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ। ...

हाम्राकुरा
भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्‌घाटन
Latest NewsJust now

भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्‌घाटन

भारतको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका-२ मा निर्मित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।  काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा शुक्रबार भवन उद्घाटन गरेका हुन्।  दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवनको निर्माण उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement