Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख
Photo / Coverage: नेपालन्युज

हुम्ला। हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले आठ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। कृषि विकास कार्यालय हुम्लाका अनुसार यो वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए। गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ बिक्री गर्न जिल्ला बाहिर पठाइएको छ। काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ। व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको उनले बताए। सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो। गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ। स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताए। यो वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकिलो ६०, बी ग्रेडको ५० र सी ग्रेडको ४० मा बिक्री भएको थियो। हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ। हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन कार्यक्रम बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर। जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्। भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा ...

नेपालन्युज
काठमाण्डुका यी स्थानहरूमा आज विद्युत अवरुद्ध हुने तालिकासहित
Latest NewsJust now

काठमाण्डुका यी स्थानहरूमा आज विद्युत अवरुद्ध हुने तालिकासहित

काठमाण्डु – उपत्यकाका विभिन्न क्षेत्रमा शनिबारदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डु उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्रका फिडरहरूबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म […] ...

काठमाण्डुपाटी
राप्ती गाउँपालिकाले खुलायो स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर
Latest NewsJust now

राप्ती गाउँपालिकाले खुलायो स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

दाङ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त रहेका प्राविधिक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न... ...

रातोपाटी
मध्यपुर थिमिमा खेल महोत्सव २०८३ हुने
Latest NewsJust now

मध्यपुर थिमिमा खेल महोत्सव २०८३ हुने

पुस ११ गतेदेखि महिनाभरि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरी खेल महोत्सव गर्न लागिएको नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement