Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश
Photo / Coverage: हिमालय टाइम्स

दोहा । एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो सेमिफाइनल खेलमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दोहास्थित वेस्ट एण्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ३१८ रनको विशाल लक्ष्य श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४१ ओभर ३ बलमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यो पराजयसँगै भारत ‘ए’ को प्रतियोगितामा यात्रा समाप्त भएको छ भने श्रीलंकाले उपाधि भिडन्तका लागि आफ्नो स्थान पक्का गरेको छ । टस जिजेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । ओपनर वैभव सूर्यवंशी र अभिषेक शर्माले पहिलो विकेटका लागि मात्र ४८ बलमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउनुभयो । वैभवले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० रन बनाउनुभयो । त्यसपछि कप्तान तिलक बर्माले मोर्चा सम्हाल्दै अभिषेक शर्मासँग दोस्रो विकेटका लागि ७९ रन जोड्दै टोलीलाई १५९ रनको स्थितिमा पुर्‍याउनुभयो । उत्कृष्ट ब्याटिङ गर्नुभएका अभिषेक शर्माले ६३ बलमा १२ वटा बाउन्ड्रीको मद्दतले ७८ रन बनाउनुभयो भने कप्तान तिलक बर्माले ५३ रनको योगदान दिनुभयो । भारतीय टोली २३५ रनमा ६ विकेट गुमाएर संकटमा परेका बेला शाहबाज अहमद (नटआउट ५४ रन) र तनुष कोटियान (२८ रन) ले सातौं विकेटका लागि ७३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई तेहोरो शतकको पार पुर्‍याउनुभयो । श्रीलंकाका लागि रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुण धनञ्जयले समान २-२ विकेट तथा गरुका संकेथ र लाहिरू समरकुनले १-१ विकेट हात पार्नुभयो । जवाफमा मैदान उत्रिएको श्रीलंकाली टोलीका लागि लसिथ क्रुसपुले र सिनेथ जयवर्धनेले पहिलो विकेटका लागि २१.३ ओभरमै १७४ रनको विशाल साझेदारी गर्दै जितको बलियो आधार तयार पार्नुभयो । ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभएका सिनेथ जयवर्धनेले ७० बलमा ६ छक्का र १० चौकाको मद्दतले १०५ रनको आक्रामक शतकीय इनिङ खेल्नुभयो । सिनेथ आउट भएपछि क्रुसपुले र निशान मदुश्काले दोस्रो विकेटका लागि ९१ रन थप्दै टोलीलाई जितको अति नजिक पुर्‍याउनुभयो । लसिथ क्रुसपुले १०७ बलमा ३ छक्का र १२ चौकासहित ११६ रन बनाएर आउट हुनुभयो । त्यसपछि निशान मदुश्का (नटआउट ५८ रन) र पवन रत्नायके (नटआउट ३१ रन) ले तेस्रो विकेटका लागि ३७ बलमा ५३ रनको अविजित साझेदारी गर्दै श्रीलंकालाई ४१.३ ओभरमै लक्ष्यमा पुर्‍याउनुभयो । भारतीय बलिङ आक्रमणमा हर्षित राणा र शाहबाज अहमदले १-१ विकेटमात्र लिन सफल हुनुभयो । श्रीलंका ‘ए’ ले अब उपाधिका लागि आगामी आइतबार हुने फाइनल खेलमा दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । शनिबार दोहाको सोही मैदानमा हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ आमनेसामने हुनेछन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले ओलम्पिक टर्च तथा ट्रफी टुर आरम्भ गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार टुरको शुभारम्भ गरिएको हो । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको छ । कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव रविन ...

हिमालय टाइम्स
तपाईको शनिबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको शनिबारको भाग्य कस्तो छ ?

२०८३ मंसिर १२ गते शनिबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता
Latest NewsJust now

एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणका लागि खेलाडी अक्सन डिसेम्बरको दोस्रो साता हुने भएको छ । आगामी फागुन १ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजकले अक्सन प्रक्रिया अघि बढाएको हो । ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोकजंग जोशीले अक्सनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सनअघि लिगमा सहभागी हुन इच्छुक खेलाडीको विवरण संकलन गरिनेछ । प्राप्त ...

हिमालय टाइम्स
झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट
Latest NewsJust now

झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट

लण्डन । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्याण्डको क्राइस्टचर्चमा एक क्लब क्रिकेट टोलीबाट झुटो नाममा खेल्नुभएको छ । भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट सुरु हुनुभन्दा एक दिनअघि पन्तले स्थानीय क्लबबाट खेल्दै २१ बलमा ५४ रन बनाउनुभएको हो । २९ वर्षीय पन्तले ‘स्ट्यान स्ट्यान’ नामबाट ओपन हाउस स्विङ्गर्सका लागि खेल्नुभएको थियो । उहाँले द चोजेन वन्सविरुद्धको खेलमा आक्रामक ब्याटिङ गरेपछि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement