Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
झुटो नाम राखेर ऋषभ पन्तले खेले न्युजिल्याण्डको क्लब क्रिकेट
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्याण्डको क्राइस्टचर्चमा एक क्लब क्रिकेट टोलीबाट झुटो नाममा खेल्नुभएको छ । भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट सुरु हुनुभन्दा एक दिनअघि पन्तले स्थानीय क्लबबाट खेल्दै २१ बलमा ५४ रन बनाउनुभएको हो । २९ वर्षीय पन्तले ‘स्ट्यान स्ट्यान’ नामबाट ओपन हाउस स्विङ्गर्सका लागि खेल्नुभएको थियो । उहाँले द चोजेन वन्सविरुद्धको खेलमा आक्रामक ब्याटिङ गरेपछि ओपन हाउस स्विङ्गर्सले १६ रनको जित निकालेको थियो । पन्तको यो अप्रत्यासित उपस्थितिले क्लब क्रिकेटमा सहभागी खेलाडीहरूलाई समेत आश्चर्यमा पारेको थियो । भारतीय टोलीका विकेटकिपर ब्याटरले झुटो नाममा खेलेको खबर सार्वजनिक भएपछि उहाँको खेल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । न्युजिल्याण्डको समाचारपत्र ‘न्युजिल्याण्ड हेराल्ड’सँग कुरा गर्दै ओपन हाउसका खेलाडी मोहम्मद सफीले पन्तसँगको भेटबारे बताउनुभएको छ । उहाँका अनुसार उहाँले पन्तलाई क्राइस्टचर्चमा विद्युतीय साइकलमा देख्नुभएको थियो । त्यसपछि सफीले पन्तसँग कुराकानी गर्दै आफ्नो टोलीमा एक खेलाडी कम भएको जानकारी गराउनुभएको थियो । पन्तले क्लबबाट खेल्न सहमति जनाएपछि उहाँ टोलीमा सहभागी हुनुभएको थियो । सफीका अनुसार खेलमा सहभागी दुवै टोलीका धेरै खेलाडीले पन्तलाई तत्काल चिन्न सकेनन् । उहाँ बैजनी रङको ट्र्याकसुट लगाएर मैदानमा आउनुभएको थियो । खेल्नका लागि आवश्यक पोशाकसमेत उहाँसँग नभएकाले क्लबका अन्य खेलाडीबाट सामग्री सापटी लिनुपरेको थियो ।अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित पन्त सामान्य खेलाडीझैँ स्थानीय क्लबबाट खेल्न मैदानमा उत्रिएपछि उहाँको उपस्थितिले खेललाई थप रोचक बनाएको थियो । झुटो नाम र फरक पहिरनमा मैदानमा आउनुभएका उहाँले ब्याटिङमा भने आफ्नो परिचित आक्रामक शैली देखाउनुभयो । न्युजिल्याण्डका कप्तान टम लाथमले पन्तको क्लब क्रिकेटमा सहभागितालाई ‘सानदार’ भन्दै उहाँको वास्तविक चरित्र झल्किएको बताउनुभयो । भारतीय टोलीका बलिङ प्रशिक्षक तथा दक्षिण अफ्रिकाका पूर्व तीव्रगतिका बलर मोर्ने मोर्केलले पनि पन्तको खेलको भिडियो देखेपछि आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभयो । पन्तले क्लब क्रिकेट खेलेको घटना भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्टको पूर्वसन्ध्यामा भएको हो । पन्त विश्व क्रिकेटका सबैभन्दा मनोरञ्जनात्मक ब्याटरमध्ये एक मानिनुहुन्छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले ओलम्पिक टर्च तथा ट्रफी टुर आरम्भ गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार टुरको शुभारम्भ गरिएको हो । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको छ । कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव रविन ...

हिमालय टाइम्स
तपाईको शनिबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको शनिबारको भाग्य कस्तो छ ?

२०८३ मंसिर १२ गते शनिबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता
Latest NewsJust now

एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणका लागि खेलाडी अक्सन डिसेम्बरको दोस्रो साता हुने भएको छ । आगामी फागुन १ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजकले अक्सन प्रक्रिया अघि बढाएको हो । ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोकजंग जोशीले अक्सनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सनअघि लिगमा सहभागी हुन इच्छुक खेलाडीको विवरण संकलन गरिनेछ । प्राप्त ...

हिमालय टाइम्स
एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : भारत बाहिरियो, श्रीलंका फाइनल प्रवेश

दोहा । एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो सेमिफाइनल खेलमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दोहास्थित वेस्ट एण्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ३१८ रनको विशाल लक्ष्य श्रीलंकाले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४१ ओभर ३ बलमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यो पराजयसँगै भारत ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement