Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

काठमाडौं । एसिया कप राइजिङ स्टार्स पुरुष क्रिकेट प्रतियोगिता २०२६ आगामी नोभेम्बर १९ देखि कतारमा आयोजना हुने भएको छ । ५० ओभरको प्रारूपमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलंका ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ चीन रहेका छन् । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ। उक्त खेल दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । नेपालले दोस्रो खेल नोभेम्बर २२ मा यूएईसँग खेल्नेछ । दोहा विज्ञान तथा प्रविधि विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलपछि नेपालले नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तान ‘ए’सँगको खेल पनि सोही मैदानमा हुनेछ । नेपालले समूह चरणमा भारत ‘ए’, यूएई र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६ र दोस्रो सेमिफाइनल नोभेम्बर २७ मा हुनेछ। फाइनल खेल नोभेम्बर २९ मा आयोजना हुनेछ । The post एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

देशभर २० विपद्का घटना, आठ जना घाइते
ताजा खबरJust now

देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ, कात्तिक ७ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्... ...

गोरखापत्र
तनहुँमा तीन वटा सवारी साधन ठोक्किँदा दुई जना घाइते
ताजा खबरJust now

तनहुँमा तीन वटा सवारी साधन ठोक्किँदा दुई जना घाइते

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट... ...

रातोपाटी
फिलिपिन्समा तालिमका क्रममा २ सैन्य विमान ठोक्किए, ४ जना पाइलटको मृत्यु
ताजा खबरJust now

फिलिपिन्समा तालिमका क्रममा २ सैन्य विमान ठोक्किए, ४ जना पाइलटको मृत्यु

मनिला – फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका २ विमान आकाशमै ठोक्किँदा चारै जना पाइलटको मृत्यु भएको छ । दुर्घटनामा दुवै विमानमा सवार २–२ जना पाइलटको ज्यान गएको हो । दुर्घटना राजधानी मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेसनजिक भएको फिलिपिन्सको वायुसेना सम्बन्धी विवरणमा उल्लेख छ । स्थानीय समयअनुसार दिउँसो ३ बजेर ५१ मिनेटमा दुर्घटना […] ...

काठमाण्डुपाटी
बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार
ताजा खबरJust now

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार

प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेको लगभग सात महिना पुग्न लागेको छ। संविधानतः बहुमतप्राप्त सरकारको आयु पाँच बर्ष हुने भएपनि नेपालमा औसत सरकारहरुको आयु नै छ–सात महिना हुने गरेको सन्दर्भमा चाहिँ यो अवधि कम होइन। विहानीले दिउँसोको संकेत गर्नुपर्नेमा मध्यान्ह हुँदासमेत सरकारले आफूलाई कुनै पृथक रुपमा प्रस्तुत गर्न सकेन। यस अवधिमा अघिल्ला सरकारहरूभन्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play