Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एल क्लासिकोमा एम्बाप्पेको निर्णायक प्रदर्शन

एल क्लासिकोमा एम्बाप्पेको निर्णायक प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एल क्लासिकोमा एम्बाप्पेको निर्णायक प्रदर्शन

लण्डन । किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा २-१ ले पराजित गरेको छ । आइतबार राती क्याम्प नोउमा भएको खेलमा एम्बाप्पेले ४१औँ र ८७औँ मिनेटमा गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाउनुभयो । यो सिजन लिगमा अपराजित रहेको बार्सिलोना घरेलु समर्थकमाझ पहिलो हार बेहोर्न बाध्य भयो । जितसँगै रियलले अंकतालिकामा आफ्नो स्थिति बलियो बनाएको छ भने बार्सिलोनालाई शीर्ष स्थानमा अग्रता बढाउने अवसरबाट वञ्चित गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि रियलले त्यसको सदुपयोग गर्न सफल भयो । ४१औँ मिनेटमा यान डिओमान्डेको लो क्रस क्लियर गर्ने क्रममा बार्सिलोनाका रक्षक जेरार्ड मार्टिनको शरीरमा लागेको बल एम्बाप्पेसँग ठोक्किएर गोलमा परिणत भएको थियो । त्यससँगै रियलले अग्रता लियो । पहिलो गोलपछि एम्बाप्पेले अर्को उत्कृष्ट अवसर पनि सिर्जना गर्नुभएको थियो । उहाँको प्रहार पोष्टमा लागेर फर्कियो । अर्कोतर्फ बार्सिलोनाका युवा फरवार्ड लामिन यमलले नजिकबाट गोल गर्ने अवसर गुमाउँदा घरेलु टोली पहिलो हाफमै बराबरी गर्नबाट चुक्यो । दोस्रो हाफमा बार्सिलोनाले आक्रामक खेल प्रस्तुत गर्‍यो । लगातार गोलको प्रयास गरे पनि हान्सी फ्लिकको टोलीले रियलको रक्षापंक्ति तोड्न संघर्ष गर्नुपर्‍यो । रियलका गोलरक्षक आन्द्रे लुनिनले आधा दर्जनभन्दा बढी प्रहार विफल पार्दै टोलीलाई खेलमा कायम राख्नुभयो । ६१औँ मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्कायो । पेड्रीको उत्कृष्ट पासमा कप्तान राफिन्हाले पेनाल्टी क्षेत्रभित्रबाट सहज गोल गर्दै खेल १-१ को स्थितिमा पुर्‍याउनुभयो । त्यसपछि घरेलु टोलीले खेलमा दबाब बढाए पनि गोल गर्न सकेन । खेल बराबरीमा सकिने संकेत देखिएका बेला एम्बाप्पेले निर्णायक प्रहार गर्नुभयो । ८७औँ मिनेटमा जुड बेलिङ्घमले सुरु गरेको आक्रमणलाई वैकल्पिक खेलाडी एडुआर्डो कामाभिङ्गाले चलाखीपूर्ण पासमार्फत् अघि बढाउनुभयो । त्यसमा एम्बाप्पेले सहज गोल गर्दै रियललाई २-१ को अग्रता दिलाउनुभयो । बाँकी समयमा बार्सिलोनाले बराबरी गोल फर्काउन सकेन । रियलका पहिलो रोजाइका गोलरक्षक थिबाउ कोर्टुवा बिरामी भएका कारण खेल्न नसकेपछि लुनिनले पोष्ट सम्हाल्नुभएको थियो । उहाँले उत्कृष्ट बचाउ गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिनुभयो । जितसँगै रियलले बार्सिलोनालाई सन् १९६८-६९ को कीर्तिमान बराबरी गर्नबाट रोकेको छ । उक्त सिजन रियलले लिगको सुरुवातमा लगातार नौ खेल जितेको थियो । यस सिजन बार्सिलोना पनि बराबरी गर्ने लक्ष्यमा थियो । एम्बाप्पेले सन् २०२४ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल पुगेयता बार्सिलोनाविरुद्ध सात खेलमा आठ गोल गरिसक्नुभएको छ । यो सिजन ला लिगामा उहाँको गोलसंख्या ११ पुगेको छ । राफिन्हा भने १३ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि हुनुहुन्छ । ला लिगामा १० खेलपछि बार्सिलोना २७ अंकसहित शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ अंक छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बोर्ड अध्यक्ष पण्डितद्वारा पदभार ग्रहण
ताजा खबरJust now

बोर्ड अध्यक्ष पण्डितद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त हुनुभएका पण्डितले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनासमक्ष शपथ लिनुभएको हो । शपथसँगै उहाँले नियुक्तिपत्रसमेत बुझ्नुभएको छ । शपथपछि चाबहिलको सरस्वतीनगरस्थित बोर्ड कार्यालय पुगेका पण्डितले पदभार ग्रहण गर्नुभएको छ । उहाँ बोर्डका १९औं अध्यक्ष ...

हिमालय टाइम्स
डिगोमा नेपाली चलचित्रको लाइब्रेरी विस्तार
ताजा खबरJust now

डिगोमा नेपाली चलचित्रको लाइब्रेरी विस्तार

काठमाडौं । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आफ्नो प्लेटफर्ममा नेपाली चलचित्रको संग्रह विस्तार गरेको छ । डिगोले ‘लालीबजार’मार्फत नयाँ नेपाली चलचित्रहरू उपलब्ध गराउन सुरु गरेको हो । डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली चलचित्र हेर्न सकिनेछ । त्यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’लगायत चलचित्र पनि प्लेटफर्ममा ...

हिमालय टाइम्स
एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह
ताजा खबरJust now

एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो । यस जितसँगै लुम्बिनीले एनपिएलको ...

हिमालय टाइम्स
‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’
ताजा खबरJust now

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’

काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play