Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एयर रुटमा भारतसँग किन हुँदैन सहमति?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एयर रुटमा भारतसँग किन हुँदैन सहमति?
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ६ मंसिर (आज) भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री भएको आठ महिनापछि शाहले भारतको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका विभिन्न एजेन्डामध्ये हवाई रुट मुख्य प्राथमिकतामा छ। यस विषयमा भारतीय पक्षसँग पटक-पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूका अनुसार हवाई रुटबारे भारतसँग वर्षौंदेखि वार्ता हुँदै आएको छ। प्रधानमन्त्री शाहको भ्रमणको पूर्वसन्ध्यामा मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा तीन सदस्यीय टोली भारत गएको थियो। २७ कात्तिकमा दिल्ली गएको उक्त टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक पनि सहभागी थिए। दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्तामा यो विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। भारतीय पक्षको प्रस्तावमा प्रधानमन्त्री शाहले कस्तो धारणा राख्छन् भन्ने चासो बढेको छ। तर, टोलीले वार्ता गरे पनि सहमतिको ठोस खाका तयार हुन सकेन। मन्त्रालयका सूचना अधिकारी शोभाखर रेग्मी भन्छन्, “तीन सदस्यीय टोलीले दिल्ली पुगेर हवाई रुटबारे वार्ता गरेको हो, तर यसबारे विस्तृतमा मलाई थाहा छैन।” मन्त्रालय स्रोतका अनुसार भारत भैरहवाका लागि एयरस्पेस दिन सहमतिनजिक छ। तर, त्यसका लागि भारतले बागडोग्रा विमानस्थलका लागि नेपालको आकाश मागेको छ। भारतले झापा क्षेत्रको नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव गरेको हो। दुवै विषयमा एकैपटक प्याकेजमै सहमति हुनुपर्ने भारतीय पक्षको सर्त छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको एउटा प्रमुख कारण हवाई रुटको समस्या हो। वायुसेवा कम्पनीहरूले पनि सुरुदेखि नै यो विषय उठाउँदै आएका छन्। मन्त्रालयका एक अधिकारीका अनुसार भारतले बागडोग्रा विमानस्थललाई सैनिक प्रयोजनमा समेत प्रयोग गर्दै आएको छ। भारतीय पक्षले सैनिक र नागरिक दुवै प्रयोजनका लागि नेपाली आकाश मागेको छ। यस विषयमा थप अध्ययन आवश्यक रहेको भन्दै नेपाली टोलीले समय मागेको छ। दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्तामा यो विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। भारतीय पक्षको प्रस्तावमा प्रधानमन्त्री शाहले कस्तो धारणा राख्छन् भन्ने चासो बढेको छ। भारत किन दिँदैन एयर रुट? नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको एउटा प्रमुख कारण हवाई रुटको समस्या हो। वायुसेवा कम्पनीहरूले पनि सुरुदेखि नै यो विषय उठाउँदै आएका छन्। सरकारले आवश्यक एयर रुटको अनुमति नलिई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि रुट विस्तार गर्न सकेको छैन। अहिले अधिकांश अन्तर्राष्ट्रिय उडान भारत हुँदै नेपाल प्रवेश गर्छन्। तर, भारत हुँदै आउने जहाजका लागि रुटको विकल्प सीमित छ। अन्तर्राष्ट्रिय उडानका जहाज नेपाल प्रवेश गर्ने अहिले तीनवटा रुट छन्। चीनबाट तुम्लिङटार हुँदै आउने र बंगलादेश तथा भुटानबाट झापा हुँदै आउने रुट एकतर्फी छन्। भारतबाट सिमराको आकाश हुँदै आउने रुट भने दुईतर्फी छ। अधिकांश अन्तर्राष्ट्रिय उडान यही रुटबाट हुने गरेका छन्। गौतमबुद्ध विमानस्थल। फाइल तस्बिर जहाज सिमराको आकाश हुँदै काठमाडौँ पुग्न आठ मिनेट लाग्छ। तर, भैरहवा पुग्न ३० र पोखरा पुग्न ४० मिनेट लाग्छ। लामो दूरी पार गर्नुपर्ने भएकाले इन्धन खर्च पनि बढ्छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, “एउटा न्यारोबडी जहाज सिमराबाट पोखरा वा भैरहवा आउँदा–जाँदा तीन हजार डलर खर्च हुने अनुमान छ। त्यसैले वायुसेवा कम्पनीहरू आठ मिनेटमै पुगिने काठमाडौँ विमानस्थलमा उडान गर्न रुचाउँछन्।” नेपालले भारतसँग महेन्द्रनगर, लुम्बिनी, भैरहवा र जनकपुरमाथिको आकाश हुँदै हवाई रुट उपलब्ध गराउन माग गर्दै आएको छ। सन् २०१० देखि नै प्रधानमन्त्रीहरूको भारत भ्रमणका क्रममा नेपालले पटक–पटक यी रुटको माग गरे पनि भारतले अनुमति दिएको छैन। भारतले सुरक्षाको कारण देखाउँदै रुट उपलब्ध नगराएको भुल बताउँछन्। “भारतले हुँदैन भनेको छैन, तर दिएको पनि छैन,” उनी भन्छन्। नेपालले कि भैरहवा कि महेन्द्रनगर भन्नुपर्‍यो। नेपालले नेपालगञ्जबाट पनि मागिरहेको छ। वार्ता गर्दा नेपाली अधिकारीहरू एउटा रुटमा सहमत हुन सक्नुपर्छ। भारतको हवाई क्षेत्र त्यहाँको सेनाको नियन्त्रणमा छ। भारतीय सेनाको सहमति नहुँदासम्म भारतले नेपालका लागि आकाश खुला गर्न नसक्ने बताइन्छ। यस विषयमा नेपाल र भारतबीच लामो समयदेखि वार्ता हुँदै आएको छ। महेन्द्रनगर, भैरहवा र नेपालगञ्जतर्फबाट जहाज प्रवेश गर्ने भारतीय आकाशमा सैनिक गतिविधि बढी हुने गरेको छ। सीमा सुरक्षाका लागि भारतले ती क्षेत्रमा सैनिक उपस्थिति बढाएको बताइन्छ। प्राधिकरणका एक पूर्वमहानिर्देशकका अनुसार नेपालले माग गर्दा एउटा निश्चित रुटलाई प्राथमिकतामा राखेर सहमतिका लागि अघि बढ्नुपर्छ। “नेपालले कि भैरहवा कि महेन्द्रनगर भन्नुपर्‍यो। नेपालले नेपालगञ्जबाट पनि मागिरहेको छ। वार्ता गर्दा नेपाली अधिकारीहरू एउटा रुटमा सहमत हुन सक्नुपर्छ,” उनी भन्छन्। भारतले ती क्षेत्रमा आफ्ना सैनिक गतिविधि हुने र सुरक्षामा असर पर्ने भन्दै १७ देखि १८ हजार फिटभन्दा माथिबाट जहाज उडाउन दिने प्रस्ताव गरेको छ। त्यसरी जहाज नेपाल प्रवेश गर्दा उडान खर्च झन् बढ्ने प्राधिकरणका अधिकारीहरू बताउँछन्। अहिले भारतले बागडोग्राका लागि नेपाली आकाश मागिरहेको र त्यसमा भारतीय सेनाको प्रयोजनसमेत जोडिएको भए त्यो सहमतियोग्य विषय नरहेको ती पूर्वमहानिर्देशकको भनाइ छ। “नागरिक प्रयोजनका लागि दिने कुरामा असहमति हुँदैन। तर, भारतले आफ्ना सैनिकका लागि नेपाली आकाश प्रयोग गर्ने कुरा राष्ट्रियताको हिसाबले पनि स्वीकार्य हुँदैन। यस्तो विषयमा सहमति हुनु हुँदैन,” उनी भन्छन्। भारतले ती क्षेत्रमा आफ्ना सैनिक गतिविधि हुने र सुरक्षामा असर पर्ने भन्दै १७ देखि १८ हजार फिटभन्दा माथिबाट जहाज उडाउन दिने प्रस्ताव गरेको छ। त्यसरी जहाज नेपाल प्रवेश गर्दा उडान खर्च झन् बढ्ने प्राधिकरणका अधिकारीहरू बताउँछन्। १७–१८ हजार फिटमाथिबाट जहाज नेपाल प्रवेश गर्दा अवतरणका लागि मात्रै आधा घण्टाभन्दा बढी समय आकाशमै रहनुपर्ने हुन्छ। “जहाज होल्ड हुनु भनेको इन्धनमा अतिरिक्त खर्च हुनु हो,” भुल भन्छन्, “त्यसैले खर्चको हिसाब गर्दा वायुसेवा कम्पनीहरू सिमरामाथिको आकाश नै प्रयोग गर्छन्।” लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो। गौतम बुद्धको जन्मस्थल भएकाले यहाँ धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छ। पोखरा, अन्नपूर्ण र मुक्तिनाथ क्षेत्र नेपालका प्रमुख पर्यटन गन्तव्य हुन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको उल्लेख्य आवागमन हुने यस क्षेत्रमा होटल, रिसोर्ट, ट्रेकिङ एजेन्सी, यातायात, रेस्टुरेन्ट, साहसिक खेल तथा स्थानीय पर्यटन व्यवसायको पूर्वाधार विकसित भइसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआउँदा विदेशी पर्यटक अझै काठमाडौँ हुँदै स्थलमार्ग वा आन्तरिक उडानबाट पोखरा पुग्ने गरेका छन्। त्यस्तै, लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो। गौतम बुद्धको जन्मस्थल भएकाले यहाँ धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनको ठूलो सम्भावना छ। मायादेवी मन्दिर, अशोक स्तम्भ र विभिन्न देशले निर्माण गरेका बौद्ध गुम्बा यहाँका मुख्य आकर्षण हुन्। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रमुख आधार पनि पर्यटन प्रवर्द्धन नै थियो। पोखरा विमानस्थल निर्माणका लागि सरकारले २२ अर्ब रुपैयाँ र गौतमबुद्ध विमानस्थलका लागि ३२ अर्ब रुपैयाँ ऋण लिएको थियो। क्यानका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार नेपालले भारतसँग चार वटा रुटमा एयरस्पेश मागिरहेको वर्षौँ भएको छ। पूर्वी मुलुकबाट नेपाल आउने जहाजको लागि जनकपुर, भैरहवा र नेपालगञ्जसँग जोडिएको भारतीय आकाश माग गरिएको हो। पश्चिम मुलुकबाट आउने जहाजको लागि महेन्द्रनगरसँग जोडिएको भारतीय आकाश माग गरिएको हो। “पूर्वको रुटले भारतसँग कनेक्टिभिटी बढाउने र लखनउमा समेत उडान गर्न सकिने सम्भावनाको कारण हो,” उनी भन्छन्, “भारतले वर्षौँदेखि ती रुट दिने विषयमा कुरा गरेको तर वास्तविकतामा परिणत नभएको अवस्था छ।” एयर रुटले उडानमा कस्तो फरक पार्छ? पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारले विभिन्न प्रयास गर्दै आएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा २९ जेठमा यी दुई विमानस्थल सञ्चालनबारे छलफल भएको थियो। छलफलपछि समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा र भैरहवा विमानस्थलको आर्थिक सम्भाव्यता तथा दिगो सञ्चालन रणनीतिबारे १० दिनभित्र लिखित प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। समितिले समयसीमा तोकेर निर्देशन दिए पनि प्राधिकरणले तोकिएको समयमा प्रतिवेदन बुझाउन सकेन। प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार सम्बन्धित विमानस्थलबाट विवरण प्राप्त हुन ढिलाइ भएपछि प्रतिवेदन बुझाउन विलम्ब भएको थियो। समयमै प्रतिवेदन तयार हुन नसक्नुका पछाडि विभिन्न समस्या थिए, जसमध्ये कतिपय प्राविधिक विषयसँग सम्बन्धित थिए। समितिको निर्देशनपछि प्राधिकरणले दुवै विमानस्थललाई कसरी दिगो रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा आफ्नै योजना पनि बनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर भारतले एयर रुट उपलब्ध नगराउँदा लामो बाटो प्रयोग गरेर उडान गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा वायुसेवा कम्पनीहरू पोखरा र भैरहवामा उडान गर्न तयार देखिएका छैनन्। भुल भन्छन्, “विमानस्थल सञ्चालन गर्न विगतदेखि अनेक प्रयत्न भएका छन्, तर वायुसेवा कम्पनीहरू पोखरा र भैरहवामा उडान गर्नै चाहँदैनन्।” लामो रुट प्रयोग गर्दा विमानको सञ्चालन खर्च बढ्ने भएकाले कम्पनीहरू त्यहाँ उडान गर्न इच्छुक नभएको उनको भनाइ छ। दुवै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले २०७९ सालमै कार्ययोजना तयार गरेको थियो। उक्त कार्ययोजना औपचारिक रूपमा कार्यान्वयनमा रहेको प्राधिकरणले जनाएको छ। कार्ययोजना भदौ मसान्तसम्म लागू रहने व्यवस्था गरिएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ २०७९ देखि अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। सुरुमा फ्लाई दुबई, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, जजिरा एयरवेज, थाई एयर एसिया र कतार एयरवेजले आंशिक उडान सञ्चालन गरेका थिए। गत मार्चको अन्त्यसम्म थाई एयर एसियाले उडान गरेको थियो। तर, यात्रु सङ्ख्या न्यून र सञ्चालन खर्च बढी भएको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले क्रमशः उडान बन्द गरे। वायुसेवा कम्पनीहरूको गुनासो सम्बोधन गर्न सरकारले कार्ययोजनामार्फत विभिन्न छुटको व्यवस्था पनि गरेको छ। प्राधिकरणका अनुसार हवाई टिकटमा लगाइएको कर पुनरावलोकन गर्ने र इन्धनको मूल्य ब्रेक इभन पोइन्टमा निर्धारण गर्ने निर्णय गरिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १८ चैत २०८१ देखि अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। हिमालय एयरलाइन्सले मार्चको अन्त्यसम्म पोखरामा उडान गरेको थियो। पोखरामा सिचुआन, हिमालय र फ्लाई दुबईले उडान गरेका थिए। फ्लाई दुबईले गत सेप्टेम्बरदेखि पुनः पोखरामा उडान गरिरहेको छ। पोखरा र भैरहवा दुवै विमानस्थलमा उडान गर्ने कम्पनीहरूको मुख्य गुनासो यात्रु अभाव र उडान खर्च महँगो हुनु रहेको छ। पोखरा र भैरहवा विमानस्थलबाट यात्रा गर्नेहरूमध्ये ५० प्रतिशत वैदेशिक रोजगारीमा जाने, ३० प्रतिशत अध्ययनका लागि विदेश जाने र २० प्रतिशत घुम्न जाने यात्रु रहेको विवरण छ। यात्रुको यो संरचनालाई ध्यानमा राखेर सरकारले विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार गरेको थियो। वायुसेवा कम्पनीहरूको गुनासो सम्बोधन गर्न सरकारले कार्ययोजनामार्फत विभिन्न छुटको व्यवस्था पनि गरेको छ। प्राधिकरणका अनुसार हवाई टिकटमा लगाइएको कर पुनरावलोकन गर्ने र इन्धनको मूल्य ब्रेक इभन पोइन्टमा निर्धारण गर्ने निर्णय गरिएको थियो। अन्तर्राष्ट्रिय पारवहन सुविधा, क्वारेन्टाइन कार्यालय, भिसा सेन्टर स्थापना, वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा जाने यात्रुलाई लक्षित गरी भिसा आवेदनको व्यवस्था, श्रम स्वीकृति तथा स्वास्थ्य परीक्षणका लागि मान्यताप्राप्त संस्थाको सेवा सञ्चालनजस्ता व्यवस्था कार्ययोजनामा समेटिएका छन्। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान आकर्षित गर्न सरकारले वायुसेवा कम्पनीलक्षित सहुलियत र सेवा विस्तारका योजना पनि अघि सारेको छ। कम्पनीहरूले उठाउँदै आएका लागत, यात्रु अभाव र सेवा-सुविधासम्बन्धी गुनासो सम्बोधन गर्न विभिन्न मन्त्रालय र निकायलाई जिम्मेवारी बाँडिएको छ। वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत र इन्धन शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय पारवहन सुविधा, क्वारेन्टाइन कार्यालय, भिसा सेन्टर स्थापना, वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा जाने यात्रुलाई लक्षित गरी भिसा आवेदनको व्यवस्था, श्रम स्वीकृति तथा स्वास्थ्य परीक्षणका लागि मान्यताप्राप्त संस्थाको सेवा सञ्चालनजस्ता व्यवस्था कार्ययोजनामा समेटिएका छन्। ल्यान्डिङ र नेभिगेसन शुल्कमा छुट तथा हवाई टिकटमा लगाइएको एक हजार रुपैयाँ पर्यटन शुल्क छुट दिने व्यवस्था पनि कार्ययोजनामा छ। यसमा कोड सेयरिङसम्बन्धी नीतिगत व्यवस्था र नयाँ हवाई रुट तयार गर्ने विषयसमेत समेटिएको छ। वैदेशिक रोजगारीमा जाने कामदारका लागि प्रस्थानपूर्व तालिम तथा अभिमुखीकरण, सामाजिक सुरक्षा कोष, बिमा, हवाई टिकटमा तीन हजार रुपैयाँ छुट, पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा छुट तथा हवाई टिकटमा लगाइएको एक हजार रुपैयाँ पर्यटन शुल्क छुट दिने व्यवस्था पनि कार्ययोजनामा छ। यसमा कोड सेयरिङसम्बन्धी नीतिगत व्यवस्था र नयाँ हवाई रुट तयार गर्ने विषयसमेत समेटिएको छ। उक्त कार्ययोजना कार्यान्वयनका लागि अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, कृषि तथा पशुपन्छी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै वैदेशिक रोजगार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण संलग्न छन्। अध्यागमन, श्रम, भिसा र भन्सार सुविधासहित विमानस्थलमा आवश्यक सेवा विस्तार गरिएको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन्... ...

रातोपाटी
दुई दिने औपचाकि भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्तान, यस्तो छ शाहसँग जाने ३५ सदस्यीय टोली
Latest NewsJust now

दुई दिने औपचाकि भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्तान, यस्तो छ शाहसँग जाने ३५ सदस्यीय टोली

• प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने औपचारिक भ्रमणमा निस्किएका छन्, जसमा ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन्। • भ्रमणको क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। • भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार र सञ्चारकर्मीहरू समावेश छन्। ...

नेपालबहस
कर्णाली खेलकुद परिषद्का पूर्व सदस्य सचिव भन्छन्–‘कर्णालीले दसौँ राष्ट्रिय खेलकुदको अपनत्व लिन सकेन’
Latest NewsJust now

कर्णाली खेलकुद परिषद्का पूर्व सदस्य सचिव भन्छन्–‘कर्णालीले दसौँ राष्ट्रिय खेलकुदको अपनत्व लिन सकेन’

कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वमित्र संज्यालसँग दसौँ राष्ट्रिय खेलकुदको तयारी, प्रदेशको भूमिका, खेलाडी छनोट र प्रतियोगितापछिको पूर्वाधार उपयोगबारे गरिएको कुराकानी ...

कान्तिपुर
जलवायु सम्मेलनमा जुटेन सहमति, रोकियो वार्ता र यात्रा
Latest NewsJust now

जलवायु सम्मेलनमा जुटेन सहमति, रोकियो वार्ता र यात्रा

टर्कीमा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन (कोप-३१) मा सहभागी देशहरू नयाँ विश्वव्यापी जलवायु सम्झौताका लागि सहमति जुटाउन असफल भएका छन्। बीबीसीका अनुसार वार्ता निर्धारित समयभन्दा एक दिन बढी गर्दा पनि सहमति हुन सकेन। यसपछि रातभरका लागि छलफल स्थगत गरिएको छ।  युरोपेली संघ (ईयू) र प्रशान्त द्वीपका धेरै देश सम्झौताको नया... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play