Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट inspire2082.org आज सार्वजनिक गरेका छन्। सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वेबसाइट सार्वजनिक गरेका हुन्। इन्स्पायरले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले नीतिनिर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल तथा नीतिगत बहस सञ्चालन गर्दै आएको छ। ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादोन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्याउने प्रतिष्ठानले लक्ष्य राखेको छ। वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समेटिएका छन्। यसअघि प्रतिष्ठानले आयोजना गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नलमा प्रकाशित आलेखसमेत वेबसाइटमा राखिएका छन्। वेबसाइटमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश छन्। इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीमाथि नीतिगत बहस गरी प्राप्त नयाँ विचारलाई पनि समावेश गरिनेछ। वेबसाइटमा प्रकाशित सामग्री तथा तिनले उठाएका विषयबारे डा युवराज खतिवडा, प्राडा योगेन्द्रबहादुर गुरुङ, डा नेत्र तिम्सिना, डा विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा टीका ढकालले धारणा राखेका थिए। वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अङ्ग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहेका छन्।-रासस The post एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल
प्रविधिJust now

सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल

सोनीले आफ्नो प्लेस्टेसन ५ कन्सोलको नयाँ कालो भर्जन मिडनाइट ब्ल्याक सार्वजनिक गरेको छ। उत्तल कन्सोल जापानी बजारमा मात्र उपलब्ध रहेको छ। नयाँ कन्सोल नोभेम्बर १९ देखि बिक्रिमा आउने छ। यसको मुल्य ५५ हजार जापानी येन करिब ३११ यूरो तोकिएको छ। प्रि अर्डर अक्टोबर २० देखि सुरु हुने छ। नयाँ मोडल पीएस५ को डिजिटल भर्जन हो जसमा डिस्क रिडर छैन। कन्सोलको बाहिरी आवरण ...

टेक्नोलोजी खबर
नेपाल टेलिकमको नयाँ अफर : ४,९९९ रुपैयाँमै वार्षिक इन्टरनेट प्याकेज, जडान शुल्क पनि नलाग्ने
प्रविधिJust now

नेपाल टेलिकमको नयाँ अफर : ४,९९९ रुपैयाँमै वार्षिक इन्टरनेट प्याकेज, जडान शुल्क पनि नलाग्ने

काठमाडाैं । नेपाल टेलिकमले एफटीटीएच अर्थात् घरसम्म फाइबर सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।कम्पनीका अनुसार वाइफाइ ६ व्यक्तिगत प्याकेजअन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।त्यस्तै, ...

आइसिटी समाचार
युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन
प्रविधिJust now

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्तन तथा इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकलाई लक्षित गरी पाँचदिने कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम २०८३ साल मंसिर महिनामा सञ्चालन हुने परिषद्ले जनाएको छ ।परिषद्को सूचनाअनुसार कार्यक्रम लुम्बिनी ...

आइसिटी समाचार
प्रेस युनियनका अध्यक्ष र पूर्वअध्यक्ष हार्दा पूर्वउपाध्यक्ष बाला केन्द्रीय सदस्यमा निर्वाचित
प्रविधिJust now

प्रेस युनियनका अध्यक्ष र पूर्वअध्यक्ष हार्दा पूर्वउपाध्यक्ष बाला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यमा नेपाल प्रेस युनियनकी पूर्वउपाध्यक्ष बाला अधिकारी निर्वाचित हुनुभएको छ । पेशागत विषयगत क्षेत्रको महिला खुला समूहबाट उम्मेदवारी दिनुभएकी अधिकारीले २ हजार १९४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । पेशागत समुहबाटै खुलातर्फ पुरुषमा उम्मेद्वार रहनुभएका नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र पूर्वअध्यक्ष समिरजंग शाह भने पराजीत ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play