एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं, कात्तिक ११ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय कमिटीका तीन सदस्यलाई शपथ ग्रहण गराउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथ ग्रहण गर्न बाँकी रहनुभएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउनुभएकाे हाे । शपथ लिनेमा मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्ट रहनु भएकाे छ । शपथ ग्रहणसँगै उहाँहरूले पार्टीको केन्द्रीय कमिटी सदस्यका रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया पूरा गर्नुभएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराएका हुन् । गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका […] ...

एनपिएलले चलायमान काठमाडौंको होटल व्यवसाय, खेल पर्यटनमा नयाँ सम्भावना
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यसवर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यति मात्र नभइ आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले ...

ट्रम्पको दाबी- भारत र पाकिस्तान युद्ध मैले रोकेँ, व्यापारको डर देखाएँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् । व्यापारलाई दबाबको माध्यम बनाएर आणविक शक्ति सम्पन्न दुई छिमेकीबीचको तनाव थप बढ्न नदिएको उनको भनाइ छ । टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित मध्यावधि निर्वाचनसम्बन्धी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँच वटा व्यापारसम्बन्धी ...

