Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने
Photo / Coverage: टेक्नोलोजी खबर

एन्थ्रोपिकले क्लाउडमार्फत कोड लेख्ने सुविधाबाट अघि बढ्दै अब विकासकर्तालाई उक्त कोड प्रयोगका लागि तयार छ कि छैन भन्ने निर्णय गर्न सघाउने भएको छ। सोमबार कम्पनीले कोड समीक्षा, त्रुटि सुधार र सामान्य कोड परिवर्तनको स्वीकृति प्रक्रियालाई स्वचालित बनाउने एआई एजेन्टहरूको समूह ‘क्लाउड शिप’ सार्वजनिक गरेको हो। यस नयाँ उपकरण समूहमा सबैभन्दा चासोको विषय कोड परिवर्तनलाई स्वचालित रूपमा स्वीकृति दिने सुविधा हो। यसअघि पनि एआई कोडिङ उपकरणहरूमा कोड समीक्षा गर्ने सुविधा उपलब्ध थियो। तर क्लोड शिपले प्रस्तावित कोड परिवर्तनको समीक्षा गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्ने मात्रै होइन, विकास टोलीले तय गरेको नीतिका आधारमा कोड परिवर्तनलाई आफैँ स्वीकृति दिने एजेन्ट पनि समावेश गरेको छ। एआई कोडिङ एजेन्टहरूले ठूलो परिमाणमा कोड तयार गर्न सक्ने क्षमता विकास गर्दै गएका बेला यो सेवा सार्वजनिक भएको हो। यसले कोड तयार भएपछि त्यसको समीक्षा र सार्वजनिक प्रयोगमा ल्याउनुअघि स्वीकृति दिने प्रक्रियामा ढिलाइ हुने समस्या सिर्जना गरेको छ। क्लोड शिपमार्फत विकास प्रक्रियाका थप काम स्वचालित बनाउने एन्थ्रोपिकको योजना छ। यसका लागि स्वीकृति दिने अधिकारसमेत एआई एजेन्टलाई सुम्पिने अवधारणा अघि सारिएको छ। कम्पनीको ब्लग पोस्टमा भनिएको छ, “धेरै विकास टोलीले हरेक परिवर्तनलाई कुनै व्यक्तिबाट स्वीकृत गराउन चाहन्छन्। मानिसहरूले कोडका प्रत्येक लाइन लेख्ने अवस्थामा यो प्रक्रिया सहज हुन्छ। तर अहिले धेरै विकासकर्ताले एआई एजेन्टको सहयोगमा कोड बनाइरहेका छन्। क्लोड कोड टोलीमा हाम्रो अधिकांश कोड क्लोडले नै लेख्छ। त्यसैले पुल रिक्वेस्ट (पीआर) पछिका सबै प्रक्रिया पनि त्यही गतिमा अघि बढून् भन्ने हाम्रो चाहना थियो।” क्लोड शिप अहिले बिटा संस्करणमा सार्वजनिक गरिएको छ। यसले सुरुवाती प्रयोगकर्तालाई पुल रिक्वेस्ट (पीआर) समीक्षा गर्न र कुन कोड परिवर्तनलाई मर्ज गर्न उपयुक्त छ भन्ने निर्णय गर्न सहयोग गर्नेछ। यो सेवामा ‘कोड रिभ्यु’ समावेश छ, जुन यसअघि नै सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। यसबाहेक अहिले बिटा संस्करणमा दुई नयाँ एजेन्ट पनि सार्वजनिक गरिएका छन्—‘पीआर स्टुअर्ड’ र ‘क्लोड अप्रुभल्स’। पीआर स्टुअर्डले सीआई जाँच असफल हुने, मर्ज गर्दा समस्या आउने र कोड रिभ्युबाट प्राप्त सुझावजस्ता समस्या समाधानमा ध्यान दिन्छ। यसले प्रत्येक पटक कोडमा परिवर्तन पठाइएपछि के सुधार गरियो र आवश्यक परे ती सुधारलाई कसरी उल्ट्याउन सकिन्छ भन्नेबारे टिप्पणी पनि गर्छ। त्यसपछि क्लोड अप्रुभल्सले विकास टोलीले आफ्नो रिपोजिटरीमा फाइलका रूपमा तयार पारेको स्वीकृति नीतिअनुसार काम गर्छ। यस प्रक्रियामा कोड रिभ्युबाट प्राप्त निष्कर्ष वा कम्पनी आफैँले तयार पारेका वर्गीकरण प्रणालीलगायत विभिन्न संकेतलाई आधार बनाउन सकिन्छ। स्वीकृतिसम्बन्धी नीतिहरू सामान्य भाषामै लेख्न सकिन्छ। यो सेवा अझै बिटा चरणमा रहेकाले एन्थ्रोपिकले सुरुमा स्वीकृति दिने सुविधालाई ‘अब्जर्भ-अन्ली’ मोडमा चलाउन सुझाव दिएको छ। यस मोडमा एजेन्टले प्रक्रिया अवलोकन गरे पनि आफैँले अन्तिम स्वीकृति दिँदैन। विकास टोलीले सुरुमा एउटा मात्रै रिपोजिटरीमा यो सुविधा प्रयोग गर्न र प्रक्रियामाथि थप नियन्त्रण राख्न मासिक खर्चको सीमा पनि तोक्न सक्छन्। एन्थ्रोपिकका अनुसार क्लोड शिप कहाँ सञ्चालन गर्ने, कुन प्रकारको समीक्षा सेटिङ प्रयोग गर्ने र कुन परिवर्तनमा मानव निर्णय आवश्यक पर्ने भन्ने नियन्त्रण विकास टोलीकै हातमा रहनेछ। समीक्षाका लागि ‘क्विक’, ‘स्ट्यान्डर्ड’ र ‘डिप’ विकल्प उपलब्ध छन्। क्लोड शिप अहिले गिटहबमा रहेका रिपोजिटरीका लागि क्लोड टिम र इन्टरप्राइज योजनाका प्रयोगकर्तालाई उपलब्ध गराउन थालिएको छ। कोड रिभ्यु सबै प्रयोगकर्ताका लागि उपलब्ध छ भने पीआर स्टुअर्ड र क्लोड अप्रुभल्स बिटा संस्करणमा छन्। The post एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा
TechnologyJust now

एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा

अमेरिकाले एनभिडियाका एआई चिप चीन पुर्‍याएको आशंकामा अनुसन्धानमा रहेका मेगास्पिड र अलिबाबाको सिंगापुरस्थित सहायक कम्पनी एपेक्स इन्टरप्राइज सोलुसन्सलाई व्यापारिक कालोसूचीमा राखेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले सोमबार मेगास्पिड इन्टरनेसनल, एपेक्स इन्टरप्राइज सोलुसन्ससहित क्लाउड कम्पनीसँग सम्बन्धित अन्य पाँच कम्पनीलाई पनि ‘एन्टिटी लिस्ट’मा समावेश गरेको हो। अब यी कम्पनीले अमेरिकी प्रविधि तथा सामग्री आयात गर्न वाणिज्य मन्त्रालयको अनुमति लिनुपर्नेछ। यस्तो अनुमति अस्वीकृत हुने सम्भावना ...

टेक्नोलोजी खबर
बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार
TechnologyJust now

बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ फाङ चेङ बाओ ताई ९ मोडल सार्वजनिक गरेको छ। ६ सिट क्षमताको यो हाइब्रिड एसयूभीमा एउटा अनौठो प्रविधि समावेश गरिएको छ। यसमा रहेको स्टेयरिङ ह्विललाई फोल्ड गरेर ड्यासबोर्डभित्र पूर्ण रूपमा लुकाउन सकिन्छ। सन् २०२६ नोभेम्बरमा चिनियाँ बजारमा सार्वजनिक गरिएको यो गाडी तीन संस्करणमा उपलब्ध छ। यसको मूल्य करिब ३४ हजारदेखि ४० हजार युरोसम्म छ। स्टेयरिङ ...

टेक्नोलोजी खबर
सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो
TechnologyJust now

सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो

सन् २०२६ नोभेम्बरको सुरुवातमा बीवाईडीले आफ्नो यू९ एक्सट्रिम मोडलमार्फत उत्पादन कारको गति रेकर्ड तोडेर ध्यान आकर्षित गरेको थियो। करिब ३ हजार हर्सपावर क्षमताको उक्त कारले प्रतिघण्टा ५०३.१७ किलोमिटरको गति हासिल गरेको थियो। अहिले अर्को चिनियाँ कम्पनी जिलीले आफ्नो नयाँ लिन्क एन्ड कम्पनी ०७ जीटी मोडलको प्रचारका लागि त्यस्तै चकित पार्ने तरिका अपनाएको छ। कम्पनीले कारको टिकाउपन र सुरक्षा प्रमाणित गर्ने भन्दै ...

टेक्नोलोजी खबर
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
TechnologyJust now

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन्। स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement