काठमाडाैं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत रियल म्याड्रिडले पीएसभीलाई ५–१ गोलले पराजित गर्दै शतप्रतिशत जितको यात्रा कायमै राखेको छ। सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा मौरिन्होको प्रशिक्षणमा रहेको रियलले दोस्रो हाफमा शानदार पुनरागमन र आक्रामक प्रदर्शन गर्दै लगातार पाँचौं जितसँगै १५ अंक जोडेको छ । यो जितसँगै रियल म्याड्रिडले सबै प्रतियोगितामा लगातार १० आधिकारिक खेल जित्ने कीर्तिमान पनि लम्ब्याएको छ। खेलको सुरुवात निकै तीव्र गतिमा भएको थियो, जहाँ पाँचौं मिनेटमै भान बोमेलले थिबाउट कोर्टुवासँग वान–अन–वानको अवसर पाए पनि बल बाहिर प्रहार गरे। ११ औं मिनेटमा भिनिसियस जुनियरको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। त्यसपछि भीएआरको सहायतामा पेनाल्टी क्षेत्रभित्र चुवामेनीले मिजान्न्सलाई फल गरेको ठहरिएपछि रेफ्री एस्पेन एस्कासले पीएसभीलाई पेनाल्टी दिए, जसलाई इभान पेरिसिचले ३२ औं मिनेटमा गोलमा परिणत गर्दै पहिलो हाफमा पाहुना टोलीलाई १–० को अग्रता दिलाए। पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफमा भने खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। ५० औं मिनेटमा यान डिओमान्डेको पासमा आर्दा गुलरले दिएको आकर्षक ब्याकहिल पासलाई सदुपयोग गर्दै फेडरिको भाल्भर्डेले बराबरी गोल फर्काए। त्यसको दुई मिनेटपछि नै गुलरको प्रहार पीएसभीका गोलकिपर कोभारले उत्कृष्ट बचाउ गरे। ५६ औं मिनेटमा बर्नान्डो सिल्भाको मुभमा जुड बेलिङहमको एक्रोब्याटिक प्रहार पनि कोभारले रोके तर ६० औं मिनेटमा बेलिङहमले उत्कृष्ट कलात्मक गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। बायाँ खुट्टाले बल उचालेर दायाँ खुट्टाले ट्याप गर्दै बाहिरी भागबाट उनले प्रहार गरेको भली गोल दर्शनीय बनेको थियो। बेलिङहमको गोलपछि रियल म्याड्रिड थप आक्रामक बन्यो। ६४ औं मिनेटमा विपक्षीको हाफमा बल खोस्दै आर्दा गुलरले मिलाएको पासमा किलियन एम्बाप्पेले सहज गोल गर्दै अग्रता ३–१ बनाए, जससँगै उनले च्याम्पियन्स लिगका सबै पाँच खेलमा गोल गर्ने क्रम जारी राखे। ६६ औं मिनेटमा भिनिसियसको प्रहार पोस्टमा लागेको थियो भने ६९ औं मिनेटमा उनको वान–अन–वान प्रहार गोलकिपरले विफल पारे। खेलको ८४ औं मिनेटमा ब्राहिमको पासमा गोलकिपरलाई छक्याउँदै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल पूरा गरे भने ८७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ५–१ को फराकिलो जित दिलाए।
पीएसभीको पोष्टमा रियल म्याड्रिडको गोल वर्षा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






