Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाले एनभिडियाका एआई चिप चीन पुर्‍याएको आशंकामा अनुसन्धानमा रहेका मेगास्पिड र अलिबाबाको सिंगापुरस्थित सहायक कम्पनी एपेक्स इन्टरप्राइज सोलुसन्सलाई व्यापारिक कालोसूचीमा राखेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले सोमबार मेगास्पिड इन्टरनेसनल, एपेक्स इन्टरप्राइज सोलुसन्ससहित क्लाउड कम्पनीसँग सम्बन्धित अन्य पाँच कम्पनीलाई पनि ‘एन्टिटी लिस्ट’मा समावेश गरेको हो। अब यी कम्पनीले अमेरिकी प्रविधि तथा सामग्री आयात गर्न वाणिज्य मन्त्रालयको अनुमति लिनुपर्नेछ। यस्तो अनुमति अस्वीकृत हुने सम्भावना छ। मेगास्पिडमाथि सन् २०२४ देखि अमेरिकी निर्यात नियन्त्रण उल्लंघन गर्दै एआई चिप चीन पुर्‍याएको आशंकामा अनुसन्धान भइरहेको थियो। कम्पनीले अलिबाबासँगको व्यावसायिक सम्बन्ध प्रयोग गरी एनभिडियाको आधिकारिक क्लाउड साझेदारको मान्यता लिएको फाइनान्सियल टाइम्सले जनाएको छ। रोयटर्सका अनुसार अलिबाबाले भने आफ्नो सहायक कम्पनीले अमेरिकी निर्यात प्रतिबन्धमा रहेका उन्नत कम्प्युटिङ चिप अन्यत्र पठाएको आरोप अस्वीकार गरेको छ। कम्पनीले आफ्नो अधिकार र प्रतिष्ठाको रक्षाका लागि कानुनी बाटो अपनाउने जनाएको छ। अमेरिकी वाणिज्य मन्त्रालयको निर्णयपछि मेगास्पिडका मालिक कम्पनी स्विफ्टडाटा र मलेसियास्थित सहायक कम्पनी स्पिडम्याट्रिक्स पनि कालोसूचीमा परेका छन्। यस प्रकरणले अमेरिकी राजनीतिमा समेत विवाद बढाएको छ। अमेरिकी सिनेटरहरूले मेगास्पिडमाथिको अनुसन्धान र निर्यात नियन्त्रण कार्यान्वयनमा वाणिज्य मन्त्रालयको भूमिकाबारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभाका डेमोक्रेट सांसदहरूले एनभिडियाले अनुसन्धान प्रभावित पारेको थियो कि थिएन भन्ने विषयमा समेत छानबिन सुरु गरेका छन्। एनभिडियाले भने निर्यात नियन्त्रण र राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमको निगरानी गर्न छुट्टै समिति गठन गरेको जनाएको छ। उता, सिंगापुरले पनि मेगास्पिडमाथिको अनुसन्धान जारी राख्ने जनाएको छ। The post एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार
TechnologyJust now

बीवाईडीले सार्वजनिक गर्यो फोल्ड गरेर ड्यासबोर्डभित्र लुकाउन मिल्ने स्टेयरिङ भएको कार

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ फाङ चेङ बाओ ताई ९ मोडल सार्वजनिक गरेको छ। ६ सिट क्षमताको यो हाइब्रिड एसयूभीमा एउटा अनौठो प्रविधि समावेश गरिएको छ। यसमा रहेको स्टेयरिङ ह्विललाई फोल्ड गरेर ड्यासबोर्डभित्र पूर्ण रूपमा लुकाउन सकिन्छ। सन् २०२६ नोभेम्बरमा चिनियाँ बजारमा सार्वजनिक गरिएको यो गाडी तीन संस्करणमा उपलब्ध छ। यसको मूल्य करिब ३४ हजारदेखि ४० हजार युरोसम्म छ। स्टेयरिङ ...

टेक्नोलोजी खबर
सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो
TechnologyJust now

सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो

सन् २०२६ नोभेम्बरको सुरुवातमा बीवाईडीले आफ्नो यू९ एक्सट्रिम मोडलमार्फत उत्पादन कारको गति रेकर्ड तोडेर ध्यान आकर्षित गरेको थियो। करिब ३ हजार हर्सपावर क्षमताको उक्त कारले प्रतिघण्टा ५०३.१७ किलोमिटरको गति हासिल गरेको थियो। अहिले अर्को चिनियाँ कम्पनी जिलीले आफ्नो नयाँ लिन्क एन्ड कम्पनी ०७ जीटी मोडलको प्रचारका लागि त्यस्तै चकित पार्ने तरिका अपनाएको छ। कम्पनीले कारको टिकाउपन र सुरक्षा प्रमाणित गर्ने भन्दै ...

टेक्नोलोजी खबर
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
TechnologyJust now

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन्। स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र ...

टेक्नोलोजी खबर
कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू
TechnologyJust now

कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

कृत्रिम बौद्धिकता (एआई) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि.ले संस्थाहरूलाई कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ लैजान रणनीतिक पहल सुरु ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement