Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । युरोपका प्रमुख फुटबल लिगमा आइतबार राती आर्सनल, रियल मड्रिड र युभेन्ट्सले जित निकालेका छन् । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई उसकै मैदानमा पराजित गर्दै शीर्ष स्थान कब्जा गर्दा स्पेनिस ला लिगामा रियल मड्रिडले रेसिङ सान्टान्डरलाई हराएको हो । यता इटालियन सिरी एमा युभेन्ट्सले नापोलीलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले एनफिल्डमा लिभरपुललाई १-० ले पराजित गर्‍यो । काई हाभर्ट्जले गरेको एकमात्र गोल आर्सनलको जितका लागि पर्याप्त बन्यो । उहाँले खेलको १६औँ मिनेटमा गोल गर्नुभएको थियो । यो जित आर्सनलका लागि विशेष रह्यो । उसले लिभरपुलको घरेलु मैदान एनफिल्डमा १४ वर्षपछि पहिलोपटक जित निकालेको हो । सन् २०१२ यता आर्सनलले एनफिल्डमा लिभरपुललाई हराउन सकेको थिएन । जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि तीन अंकको अग्रता बनाएको छ । उता स्पेनिस ला लिगामा रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३-० ले पराजित गर्दै सबै प्रतियोगितामा लगातार छैटौं जित निकालेको छ । रियलको जितमा किलियन एमबाप्पे, जुड बेलिंघम र यान डियोमान्डेले गोल गर्नुभयो । खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै एमबाप्पेले रियललाई अग्रता दिलाउनुभएको थियो । विपक्षी खेलाडीले उहाँलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । पहिलो हाफको मध्यतिर एमबाप्पेको संलग्नतामा बेलिंघमले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । यो रियलका लागि उहाँको ५०औँ गोल थियो । पहिलो हाफ सकिनुअघि डियोमान्डेले तेस्रो गोल थप्नुभयो । यसअघि रियलले बार्सिलोनालाई दुई-एकले पराजित गरेको थियो । पछिल्लो जितपछि रियल तेस्रो स्थानमा छ । ऊ दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा एक अंक र शीर्ष स्थानको बार्सिलोनाभन्दा तीन अंकले पछाडि छ । यसैगरी, इटालियन सिरी एमा युभेन्ट्सले नापोलीलाई २-० ले पराजित गरेको छ । एलिएन्ज मैदानमा ४१ हजार दर्शकसामु भएको खेलमा युभेन्ट्सले दोस्रो हाफमा दुवै गोल गरेको थियो । खेलको ७०औँ मिनेटमा करिम एलाज्बेगोभिकले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाउनुभयो । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा जेरेमी बोगोले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गर्नुभयो । खेलको ७५औँ मिनेटमा नापोलीका लुका मारिआनुचीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । लिगमा १० खेल खेलेको युभेन्ट्सको यो पाँचौं जित हो । जितपछि १७ अंक जोडेको युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ । पराजित नापोली १४ अंकसहित आठौं स्थानमा छ । २८ अंक जोडेको लाजिओ शीर्ष स्थानमा कायम छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तपाईको मंगलबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको मंगलबारको भाग्य कस्तो छ ?

२०८३ कात्तिक १७ गते मंगलबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
एनपिएलमा ‘द बुल’
Latest NewsJust now

एनपिएलमा ‘द बुल’

काठमाडौं । विश्व क्रिकेटका चर्चित हस्तीमध्ये एक अष्ट्रेलियन स्टार डेभिड वार्नरको नेपाल आगमन भएको छ । काठमाण्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न उहाँ नेपाल आउनुभएको हो । उहाँको आगमनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर सिर्जना गर्ने अपेक्षा छ । यस्तै, नेपाली युवा खेलाडीलाई विश्वस्तरीय क्रिकेटको अनुभव दिलाउने अवसरसमेत प्रदान गर्नेछ । वार्नर आधुनिक क्रिकेटका सफल ओपनरमध्ये एक ...

हिमालय टाइम्स
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
Latest NewsJust now

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् । किसानका खेतसम्म पर्याप्त पानी पुर्‍याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा... ...

रातोपाटी
करदाता प्रोत्साहन कार्यक्रम ग्रामीण भेगसम्म पुर्‍याउन क्रिकेटरहरूको सुझाव
Latest NewsJust now

करदाता प्रोत्साहन कार्यक्रम ग्रामीण भेगसम्म पुर्‍याउन क्रिकेटरहरूको सुझाव

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार आयोजित करदाता प्रोत्साहन कार्यक्रममा बोल्दै क्रिकेटर ललितनारायण राजवंशीले सरकारले कर तिर्ने र बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न चालेको कदम सकारात्मक रहेको बताउनुभएको हो । उहाँले व्यक्तिगतरूपमा पनि बिल लिने बानीको महत्त्व महसुस गरेको अनुभव सुनाउनुभयो । एकपटक रेस्टुरेन्टमा खाना ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play