Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

करदाता प्रोत्साहन कार्यक्रम ग्रामीण भेगसम्म पुर्‍याउन क्रिकेटरहरूको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
करदाता प्रोत्साहन कार्यक्रम ग्रामीण भेगसम्म पुर्‍याउन क्रिकेटरहरूको सुझाव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार आयोजित करदाता प्रोत्साहन कार्यक्रममा बोल्दै क्रिकेटर ललितनारायण राजवंशीले सरकारले कर तिर्ने र बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न चालेको कदम सकारात्मक रहेको बताउनुभएको हो । उहाँले व्यक्तिगतरूपमा पनि बिल लिने बानीको महत्त्व महसुस गरेको अनुभव सुनाउनुभयो । एकपटक रेस्टुरेन्टमा खाना खाँदा एक व्यक्तिले बिलको फोटो खिचिरहेको देखेपछि त्यसबारे जिज्ञासा राख्दा प्यान नम्बर भएको बिल लिएर वेबसाइटमा विवरण प्रविष्ट गरे एक लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने जानकारी पाएको उहाँले बताउनुभयो । यस्ता कार्यक्रमले नागरिकलाई प्रत्येक खरिदबिक्रीमा बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहन गर्ने उहाँको भनाइ छ । राजवंशीले करदाता प्रोत्साहन कार्यक्रमबारे शहरी तथा शिक्षित समुदायमा जानकारी फैलिँदै गए पनि ग्रामीण भेगका नागरिकसम्म अझै पर्याप्त सूचना पुग्न नसकेको उल्लेख गर्नुभयो । दैनिक खरिदबिक्री गर्ने ग्रामीण क्षेत्रका नागरिकलाई समेत यसबारे जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । क्रिकेटर दिलीप नाथले पनि नागरिकलाई आफूले लिएका बिल सुरक्षित राख्न आग्रह गर्नुभयो । बिल सुरक्षित राख्दा भविष्यमा पुरस्कार प्राप्त गर्ने अवसरसमेत हुन सक्ने उहाँको भनाइ छ । अर्का क्रिकेटर लोकेश बमले करदाता प्रोत्साहन कार्यक्रमले बिल लिने र दिने संस्कृतिको विकासमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । विगतमा कर छलीका विषय सुनिँदै आएको उल्लेख गर्दै उहाँले अहिले नागरिकले बिल माग्ने क्रम बढ्नु सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा क्रिकेटर राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल) लाई पनि समर्थन गर्न नेपाली दर्शकलाई आग्रह गर्नुभयो । सम्भव भएसम्म मैदानमै उपस्थित भएर र अन्य अवस्थामा नेट टिभीमार्फत् खेल हेरेर नेपाली क्रिकेटलाई साथ दिन उहाँले अनुरोध गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण
Latest NewsJust now

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

म्याग्दी । म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ । पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन... ...

रातोपाटी
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान
Latest NewsJust now

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन... ...

रातोपाटी
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा छ। हिजो अमेरिकी ड... ...

नेपालखबर
‘एक्का तीन’मा सुशील
Latest NewsJust now

‘एक्का तीन’मा सुशील

काठमाडौं । रूपेश तामाङको निर्देशनमा बन्ने चलचित्र ‘एक्का तीन’मा मुख्य अभिनेताका रूपमा सुशील श्रेष्ठ अनुबन्धित हुनुभएको छ । यसअघि मुख्य भूमिकामा अनुबन्धित पुष्प खड्का निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि आपसी सहमतिमा चलचित्रबाट बाहिरिनुभएको थियो । निर्देशक तामाङ र अभिनेता श्रेष्ठबीच लिखित सम्झौता भएको हो । हाल ‘साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले उक्त चलचित्रको काम सकेपछि ‘एक्का तीन’लाई समय दिने जनाइएको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play