काठमाडौं । रूपेश तामाङको निर्देशनमा बन्ने चलचित्र ‘एक्का तीन’मा मुख्य अभिनेताका रूपमा सुशील श्रेष्ठ अनुबन्धित हुनुभएको छ । यसअघि मुख्य भूमिकामा अनुबन्धित पुष्प खड्का निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि आपसी सहमतिमा चलचित्रबाट बाहिरिनुभएको थियो । निर्देशक तामाङ र अभिनेता श्रेष्ठबीच लिखित सम्झौता भएको हो । हाल ‘साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले उक्त चलचित्रको काम सकेपछि ‘एक्का तीन’लाई समय दिने जनाइएको छ । चलचित्रमा पूजा शर्मा र कविता नेपालीको पनि अभिनय रहनेछ । दुई शृंखलामा निर्माण हुने चलचित्रको पटकथा तथा संवाद सुमन गजमेरले लेख्नुभएको छ । रामकृष्ण खरेल र अनुप गदाल निर्माता रहेको चलचित्र जुना फिल्मस्को व्यानरमा निर्माण हुनेछ । आगामी मंसिरको पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी रहेको चलचित्रलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
‘एक्का तीन’मा सुशील

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_hN4rwskxnG.jpg)



