Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बक्स अफिसमा ‘कबड्डी ५’को दबदबा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्स अफिसमा ‘कबड्डी ५’को दबदबा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । यस पालीको बडादशैँको अवसरमा प्रदर्शनमा आएका चार नेपाली चलचित्रमध्ये ‘कबड्डी ५’ले बक्स अफिसमा बलियो पकड जमाएको छ । प्रदर्शनको दश दिनमै फिल्मले साढे १० करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गर्दै दशैँका चलचित्रलाई उछिनेको छ । यससँगै ‘कबड्डी ५’ यसवर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले कात्तिक १५ गतेसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा चलचित्रका तीन लाख ४६ हजार ४२७ वटा टिकट बिक्री भएका छन् । ‘कबड्डी ५’ले यसअघि दोस्रो स्थानमा रहेको ‘पेन्सन पट्टा’लाई समेत पछि पारेको छ । ‘पेन्सन पट्टा’ले आइतबारसम्म १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस व्यापार गरेको छ । संयोग के छ भने यी दुवै चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दयाहाङ अभिनीत दुई चलचित्रले नै यस वर्षको बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेका छन् । दशैँमा प्रदर्शनमा आएका चलचित्रमध्ये ‘कबड्डी ५’पछि ‘आ बाट आमा २’ दोस्रो स्थानमा छ । चलचित्रले आइतबारसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको छ । यसका दुई लाख १३ हजार १९४ वटा टिकट बिक्री भएका छन् । त्यस्तै, ‘छ माया छपक्कै २’ले तीन करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ ग्रस कमाइ गर्दै तेस्रो स्थान हासिल गरेको छ । विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ २’ भने अपेक्षाकृत कमजोर देखिएको छ । यस चलचित्रले ७४ हजार ८०३ वटा टिकट बिक्रीबाट दुई करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो भागले घरेलु बक्स अफिसमा झण्डै २० करोड रुपैयाँ कमाएको ‘१२ गाउँ’को सिक्वेलको व्यापार भने निराशाजनक देखिएको छ । उपलब्ध तथ्यांकका आधारमा यसलाई यस वर्षका कमजोर व्यापार गर्ने चलचित्रमध्ये एकका रूपमा हेरिएको छ । यसैबीच, चलचित्र विकास बोर्डले ‘गौँथली’ र ‘बाः एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौँथली’ले २६ करोड सात लाख ४६ हजार १८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रका नौ लाख ४६ हजार ८३४ वटा टिकट बिक्री भएका छन् । योसँगै ‘गौँथली’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ । त्यस्तै, चलचित्र ‘बाः एक योद्धा’ले तीन करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको विवरणमा उल्लेख छ । समग्रमा यस वर्षको नेपाली बक्स अफिसमा ‘गौँथली’को अग्रता कायम रहँदा ‘कबड्डी ५’ले पनि छोटो समयमै उल्लेख्य व्यापार गर्दै आफ्नो स्थान बलियो बनाएको छ । दसैँमा प्रदर्शनमा आएका चलचित्रमध्ये ‘कबड्ढी ५’को व्यापारिक सफलताले नेपाली चलचित्र बजारमा दर्शकको आकर्षण र स्टार कलाकारको प्रभावलाई पुनः चर्चामा ल्याएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा आज मध्यावधि निर्वाचन
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । अमेरिकामा मङ्गलबार (आज) मध्यावधि निर्वाचन हुँदै छ । यो निर्वाचनलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको लोकप्रियताको... ...

गोरखापत्र
वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता
Latest NewsJust now

वित्तीय संघीयता सुदृढीकरणका लागि प्रदेशहरूको १९ बुँदे साझा प्रतिबद्धता

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले संघीय सरकारसँग वित्तीय समानीकरण अनुदानको संवैधानिक सुनिश्चितता गर्नेदेखि साना आयोजनामा संघीय हस्तक्षेप अन्त्य गर्नेसम्मका विषय समेटेर साझा प्रतिबद्धता जारी गरेको हो । ...

कान्तिपुर
पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ ।... ...

रातोपाटी
चम्काइदेऊ साइँला चमक्कै
Latest NewsJust now

चम्काइदेऊ साइँला चमक्कै

काठमाडौँ, कात्तिक १७ गते । सन्दीप राउत काठमाडौँ इन्द्रचोकको परम्परागत भाँडा पसलअघि धमाधम पित्तलका कलश चम्काउँदै भेटिनुभयो । अलिक वर अर्को पसलअघि विदुर नेपाल र अरुण थापा पनि आमनेसाम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play