Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कहिले बन्लान् रद्द गरिएका १७२ ठेक्का ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कहिले बन्लान् रद्द गरिएका १७२ ठेक्का ?
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सार्वजनिक निर्माणका ठेक्का हात पार्ने, मोबिलाइजेसन पेस्की लिने, काममा ढिलाइ गर्ने र पटक-पटक म्याद थप्दै आयोजना वर्षौंसम्म अलपत्र पार्ने प्रवृत्तिविरुद्ध सरकारले पछिल्लो समय कडा कदम चालेको छ । सडक, पुल तथा अन्य पूर्वाधार निर्माणका आयोजना ओगटेर राख्ने तर निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्दै सरकारले धमाधम ठेक्का सम्झौता अन्त्य गर्न थालेको हो । सडक विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म विभिन्न सडक डिभिजन तथा आयोजना कार्यालयमार्फत १७२ वटा अलपत्र ठेक्का रद्द गरिएका छन् । जसलाई सरकारले सार्वजनिक निर्माणमा देखिएको बेथिति नियन्त्रण गर्ने प्रयासका रूपमा प्रस्तुत गरे पनि ठेक्का तोडिएका आयोजनाको अवस्था, भौतिक प्रगति र नयाँ लागत अनुमानले अर्को गम्भीर प्रश्न खडा गरेको छ- ठेक्का तोडेर मात्रै आयोजना सम्पन्न हुन्छन् कि राज्यको आर्थिक दायित्व झन् बढ्छ ? तोडिएका ठेक्कामध्ये कतिपय आयोजना सम्झौता भएको १५ वर्षसम्म पनि सम्पन्न हुन सकेका थिएनन् । कतिपयमा एक प्रतिशत पनि काम भएको थिएन । तर, अर्कोतर्फ ९० देखि ९५ प्रतिशतसम्म भौतिक प्रगति हासिल गरिसकेका पुल तथा सडक आयोजनासमेत ठेक्का खारेजीमा परेका छन् । यसले ठेक्का व्यवस्थापन, सरकारी जवाफदेहिता र कारबाहीको औचित्यमाथि बहस सिर्जना गरेको छ । तथ्यांकअनुसार तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको कार्यकालअघि २०८२ साउनमा १६ वटा ठेक्का रद्द गरिएका थिए । उहाँको कार्यकालमा देशभरका ४० वटा रुग्ण ठेक्का तोडिएपछि उक्त विषय चर्चामा आएको थियो । घिसिङले पदबाट राजीनामा दिएपछि पनि ठेक्का तोड्ने क्रम रोकिएन । त्यसपछिको अवधिमा ८६ वटा ठेक्का रद्द गरिएको विभागको विवरणमा उल्लेख छ । २०८२ चैत १३ गते पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सुनिल लम्सालको कार्यकालमा पनि ठेक्का तोड्ने क्रमले तीव्रता पायो । उपलब्ध विवरणअनुसार २०८२ चैत १३ देखि २०८३ असार मसान्तसम्म जुम्ला, ललितपुर, नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनकुटा र बागलुङलगायत क्षेत्रका ५६ वटा ठेक्का रद्द गरिए । त्यसपछि चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १२ गतेसम्म थप २६ वटा ठेक्का खारेज गरिएका छन् । यसरी लम्सालको कार्यकालमा कुल ८२ वटा अलपत्र ठेक्काको सम्झौता अन्त्य भएको विभागको विवरणले देखाउँछ । विभागको वार्षिक विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा एउटा, २०७९/०८० मा दुईवटा, २०८२/०८३ मा १४० वटा र २०८३/०८४ मा २९ वटा ठेक्का रद्द भएका छन् । ९५ प्रतिशत काम सकिएका पुल ठेक्का पनि खारेजीमातोडिएका ठेक्काहरूको सूची हेर्दा सबै आयोजना समान प्रकृतिका छैनन् । कतिपय आयोजना वर्षौंसम्म काम सुरु नभएका वा अत्यन्त न्यून प्रगति भएका छन् भने कतिपय अन्तिम चरणमा पुगेर पनि ठेक्का खारेजीमा परेका छन् । धरान पुल सेक्टर अन्तर्गतको सुनकोशी–फोक्सिङटार पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको थियो । बाजुराको गुइगाड स्टिल ट्रस पुलको पनि ९५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । दोधारास्थित महाकाली नदीमाथिको चार लेन पुलको प्रगति ९४ प्रतिशत पुगेको थियो । त्यस्तै, कालीगण्डकी कोरिडोरको घाँसा-जोमसोम सडक ९२ प्रतिशत र चितवनको भरतपुर बाइपास सडक ९१.३४ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको अवस्थामा ठेक्का खारेज गरिएका छन् । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेपछि बाँकी रहेको सामान्य कामसमेत वर्षौंसम्म पूरा नगर्ने, पटक-पटक म्याद थप्ने र लागत बढाउने प्रवृत्तिका कारण सम्झौता अन्त्य गर्नुपरेको विभागको तर्क छ । तर, ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएका आयोजना खारेज गर्दा बाँकी काम कसरी सम्पन्न गर्ने, नयाँ ठेक्का प्रक्रियामा कति समय लाग्ने र निर्माणको गुणस्तर तथा प्राविधिक निरन्तरता कसरी कायम गर्ने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छन् । १५ वर्षसम्म काम नगर्ने ठेकेदारमाथि बल्ल कारबाहीठेक्का व्यवस्थापनमा सरकारी कमजोरी कति गहिरो छ भन्ने कुरा डेढ दशकसम्म अलपत्र रहेका आयोजनाले देखाउँछन् । आर्थिक वर्ष २०६७/०६८ मा सम्झौता भएका पाँचवटा आयोजना १५ वर्षपछि मात्रै खारेज भएका छन् । काठमाडौंका सामाखुसी-गोंगबु सडक, सीतापाइला-रामकोट सडक र मैत्री अस्पताल–बालाजु सडक यसको उदाहरण हुन् । सामाखुसी-गोंगबु सडकमा जम्मा २५ प्रतिशत र सीतापाइला–रामकोट सडकमा १३ प्रतिशत मात्र काम भएको थियो । मैत्री अस्पताल-बालाजु सडक पनि लामो समयदेखि अलपत्र अवस्थामा थियो । झापाको कन्काई नदी पुलको ठेक्का २०६८ सालमा लागेको थियो । तर, १५ वर्ष बितिसक्दा पनि पुलको भौतिक प्रगति जम्मा ५६ प्रतिशतमा सीमित रह्यो । बाजुराको गुइगाड पुलमा त १५ वर्ष लगाएर ९५ प्रतिशत काम गरेपछि पनि निर्माण व्यवसायीले बाँकी काम पूरा नगरेको विभागको विवरणले देखाउँछ । यी आयोजनाले दुईवटा प्रश्न उठाएका छन् । पहिलो, निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्दा पनि वर्षौंसम्म किन प्रभावकारी कारबाही भएन ? दोस्रो, यस्ता आयोजना समयमै सम्पन्न गराउनुपर्ने जिम्मेवारी बोकेको सरकारी संयन्त्रले आफ्नो दायित्व किन पूरा गर्न सकेन ? ठेक्का तोड्दा लागत तीन गुणाभन्दा बढीठेक्का रद्द गर्नुले मात्रै सार्वजनिक लगानीको संरक्षण हुन्छ भन्ने छैन । पुरानो ठेक्का अन्त्य गरेर बाँकी कामका लागि नयाँ ठेक्का लगाउँदा लागत अस्वाभाविक रूपमा बढ्ने उदाहरणसमेत देखिएका छन् । लमजुङको पौडीढिक-सुन्दरबजार सडक यसको एउटा गम्भीर उदाहरण हो । उक्त सडकको मूल ठेक्का सम्झौता ४० करोड ४३ लाख रुपैयाँमा भएको थियो । निर्माण व्यवसायीलाई २८ करोड रुपैयाँ भुक्तानी भइसकेपछि ठेक्का तोडिएको थियो । तर, बाँकी रहेको २९ प्रतिशत काम सम्पन्न गर्न अहिले एक अर्ब १४ करोड ७७ लाख रुपैयाँको नयाँ लागत अनुमान तयार पारिएको सडक विभागले जनाएको छ । यसको अर्थ, पुरानो सम्झौताको कुल लागतभन्दा झण्डै तीन गुणा बढी रकम बाँकी कामका लागि अनुमान गरिएको छ । यस्तो अवस्थामा ठेक्का तोडेर राज्यले आर्थिक लाभ पायो कि थप ठूलो वित्तीय दायित्व सिर्जना गर्‍यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । प्युठानको माडी नदी पुलको अवस्था पनि उस्तै छ । उक्त पुलको मूल ठेक्का नौ करोड ८४ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्माण व्यवसायीलाई सात करोड रुपैयाँ भुक्तानी भइसकेपछि आयोजना अलपत्र पर्‍यो र ठेक्का रद्द गरियो । अब बाँकी काम सम्पन्न गर्न २१ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यसरी एउटै आयोजनामा पुरानो ठेक्का र नयाँ लागत अनुमानबीच ठूलो अन्तर देखिनुले सार्वजनिक खरिद व्यवस्थापनमा गम्भीर समस्या रहेको संकेत गर्छ । ढिलासुस्ती गर्ने निर्माण व्यवसायीबाट थप आर्थिक भार असुलउपर गर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू बताउँछन् । परिणामतः निर्माण व्यवसायीको कमजोरीको आर्थिक मूल्य अन्ततः राज्य र नागरिकले व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । ठेक्का रुग्ण हुनुमा दोष कसको ?सडक विभागले निर्माण व्यवसायीले ठेक्का ओगट्ने, मोबिलाइजेसन पेस्की अन्यत्र लगानी गर्ने र वर्षौंसम्म काम नगर्ने प्रवृत्तिका कारण सम्झौता तोड्नुपरेको बताउँदै आएको छ । तर, सार्वजनिक निर्माण आयोजना अलपत्र पर्नुमा निर्माण व्यवसायीको मात्र कमजोरी जिम्मेवार छ भन्ने निष्कर्षमा पुग्न नसकिने विज्ञहरूको तर्क छ । निर्माण व्यवसायीहरूले भने सरकारी कर्मचारीतन्त्रले आफ्ना कमजोरी ढाकछोप गर्न ठेक्का रद्द गर्ने गरेको आरोप लगाउँदै आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहका अनुसार आयोजना अलपत्र पर्नुमा निर्माण व्यवसायी मात्र जिम्मेवार हुँदैनन् । साइट क्लियर नहुनु, समयमा बजेट उपलब्ध नहुनु र डिजाइन स्वीकृतिमा हुने ढिलाइले निर्माण कार्य प्रभावित हुने गरेको उनको दाबी छ । सिंहले कर्मचारीतन्त्रको ढिलासुस्ती र घुसखोरीलाई पनि ठेक्का कार्यान्वयनमा देखिएको प्रमुख समस्याका रूपमा औँल्याउनुभएको छ । ठेक्का तोड्ने संख्याभन्दा आयोजना सम्पन्न हुने परिणाम महत्त्वपूर्णसडक विभागले १७२ वटा ठेक्का तोड्नुलाई रुग्ण आयोजना व्यवस्थापनमा भएको प्रगतिका रूपमा प्रस्तुत गर्नसक्छ । तर, सार्वजनिक निर्माणको वास्तविक सफलता कति ठेक्का रद्द भए भन्ने तथ्यांकले होइन, ती आयोजनाको बाँकी काम कति समयमा र कति लागतमा सम्पन्न भए भन्ने परिणामले निर्धारण गर्छ । एउटा आयोजना १५ वर्षसम्म अलपत्र राख्ने, त्यसपछि ठेक्का तोड्ने र नयाँ ठेक्का लगाउँदा लागत तीन गुणाभन्दा बढी पुग्ने अवस्था सार्वजनिक स्रोतको प्रभावकारी उपयोग होइन । त्यसैगरी, ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना रद्द गरेर बाँकी पाँच प्रतिशत काम कहिले पूरा हुन्छ भन्ने अनिश्चितता सिर्जना हुनु पनि समाधान हुन सक्दैन । ठेक्का तोड्ने निर्णय आवश्यक र कानुनसम्मत हुनसक्छ । तर, त्यसको आधार पारदर्शी, प्रमाणमा आधारित र आयोजना-विशेषको अवस्थासँग मेल खाने हुनुपर्छ । निर्माण व्यवसायीको कमजोरी देखिए कारबाही हुनुपर्छ भने सरकारी निकायको कमजोरी देखिए त्यसको जिम्मेवारी पनि सम्बन्धित पदाधिकारीले लिनुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै
Latest NewsJust now

अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै

काठमाडौं । मानव समुदाय र प्रकृतिबीचको सहअस्तित्व तथा सन्तुलित सम्बन्धको महत्त्व उजागर गर्ने उद्देश्यले आज नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ‘मानव तथा जैवमण्डल कार्यक्रम’ अन्तर्गत घोषणा गरिएका जैवमण्डल आरक्षको महत्त्वबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । यी क्षेत्रलाई दिगो विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव सामना ...

कर्पोरट खबर
काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’मा ६४० जना पक्राउ
Latest NewsJust now

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’मा ६४० जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा ...

केन्द्रबिन्दु
कस्तो होला आजको मौसम ?
Latest NewsJust now

कस्तो होला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईको भू-भागमा मौसम मूख्यतया सफा रहने र देशका ...

कर्पोरट खबर
देशमा पश्चिमी वायुका साथै न्यून चापीय क्षेत्रको आंशिक प्रभाव : यस्तो रहनेछ आजको मौसम
Latest NewsJust now

देशमा पश्चिमी वायुका साथै न्यून चापीय क्षेत्रको आंशिक प्रभाव : यस्तो रहनेछ आजको मौसम

उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play