काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा डेढ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका आठ विकास बैंकहरूले सो अवधिमा कुल एक अर्ब ६७ करोडभन्दा बढी नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा उल्लेखित बैंकहरूले ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । उक्त बैंकले असोजसम्म ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक ३४ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका आठ विकास बैंकहरूले सो अवधिमा कुल एक अर्ब ६७ करोडभन्दा बढी नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा उल्लेखित बैंकहरूले ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । दोस्रोमा मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सोही अवधिमा बैंकले २२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा आर्जनमा तेस्रो स्थानमा रहेको गरिमा विकास बैंकको नाफा ४.१७ प्रतिशतले घटेर २४ करोड एक लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २५ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसैगरी कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढेर २३ करोड ११ लाख, ज्योति विकास बैंकको १८४.५९ प्रतिशतले बढेर २० करोड एक लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २.६६ प्रतिशतले घटेर १९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको २१.४८ प्रतिशतले बढेर ११ करोड ६४ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको ६२.०७ प्रतिशतले घटेर नाफा तीन करोड ३४ लाख रुपैयाँमा झरेको छ । त्यसो त नाफा बढे पनि बैंकहरूका लागि बढ्दो खराब कर्जा चुनौती बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा असोजको अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका आठ विकास बैंकहरूको औसत खराब कर्जा (एनपिएल) अनुपात ५.८१ प्रतिशत पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा ५.७४ प्रतिशत थियो । बैंकहरूको नाफामा सुधार भए पनि खराब कर्जा उल्लेख्यरूपमा घट्न नसक्दा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) र आगामी व्यावसायिक विस्तारमा निरन्तर दबाब सिर्जना गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा ७.६४ प्रतिशत पुगेको छ भने २ लुम्बिनी विकास बैंक ६.९४ प्रतिशत, ज्योति विकास बैंकको ६.५५ प्रतिशत, महालक्ष्मी विकास बैंकको ६.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.९३ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ४.७७ प्रतिशत र गरिमा विकास बैंक ४.७६ प्रतिशत रहेको छ । तर कामना सेवा विकास बैंकको खराब कर्जा भने ३.९३ प्रतिशत रहेको छ । बजारमा आएको आर्थिक मन्दी र व्यावसायिक गतिविधि सुस्त हुनाले ऋणीहरूको साँवा तथा ब्याज भुक्तानी गर्ने क्षमता कमजोर हुँदा खराब कर्जा बढ्दै गएको हो । सरकारी विकास निर्माण र पुँजीगत खर्च समयमै हुन नसक्दा निर्माण तथा उद्योग क्षेत्र प्रभावित भई कर्जा असुलीमा प्रत्यक्ष असर परेको छ । त्यस्तै बढ्दो गैरबैंकिङ सम्पत्ति पनि बैंकहरूका लागि समस्या बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूले पनि १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ थियो ।
विकास बैंकहरूको नाफा डेढ अर्बभन्दा बढी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_hN4rwskxnG.jpg)



