Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

‘बेल्ट एण्ड रोड यू-१९ सिरिज’ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘बेल्ट एण्ड रोड यू-१९ सिरिज’ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । चीनमा हुने ‘बेल्ट एण्ड रोड यू-१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमका बीच उक्त टोलीलाई बिदाइ गरेको हो । त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यू-१९ महिला विश्वकपको तयारी स्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिनुभयो । टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्यांकन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । टोलीकी कप्तान सोनी पाख्रिनले उक्त प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । क्यानका अनुसार ‘बेल्ट एण्ड रोड सिरिज’ मंगलबारदेखि यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण
Latest NewsJust now

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

म्याग्दी । म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ । पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन... ...

रातोपाटी
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान
Latest NewsJust now

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन... ...

रातोपाटी
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा छ। हिजो अमेरिकी ड... ...

नेपालखबर
‘एक्का तीन’मा सुशील
Latest NewsJust now

‘एक्का तीन’मा सुशील

काठमाडौं । रूपेश तामाङको निर्देशनमा बन्ने चलचित्र ‘एक्का तीन’मा मुख्य अभिनेताका रूपमा सुशील श्रेष्ठ अनुबन्धित हुनुभएको छ । यसअघि मुख्य भूमिकामा अनुबन्धित पुष्प खड्का निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि आपसी सहमतिमा चलचित्रबाट बाहिरिनुभएको थियो । निर्देशक तामाङ र अभिनेता श्रेष्ठबीच लिखित सम्झौता भएको हो । हाल ‘साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले उक्त चलचित्रको काम सकेपछि ‘एक्का तीन’लाई समय दिने जनाइएको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play