Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा ‘द बुल’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा ‘द बुल’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विश्व क्रिकेटका चर्चित हस्तीमध्ये एक अष्ट्रेलियन स्टार डेभिड वार्नरको नेपाल आगमन भएको छ । काठमाण्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न उहाँ नेपाल आउनुभएको हो । उहाँको आगमनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर सिर्जना गर्ने अपेक्षा छ । यस्तै, नेपाली युवा खेलाडीलाई विश्वस्तरीय क्रिकेटको अनुभव दिलाउने अवसरसमेत प्रदान गर्नेछ । वार्नर आधुनिक क्रिकेटका सफल ओपनरमध्ये एक हो । आक्रामक ब्याटिङ, तीव्र रन गति र दबाबमा पनि खेलको दिशा बदल्न सक्ने क्षमताका कारण उहाँ विश्वभर परिचित हुनुहुन्छ । ‘द बुल’ उपनामले चिनिने वार्नरको ब्याटिङ शैलीले विपक्षी बलरलाई सुरुदेखि नै दबाबमा राख्छ । एनपिएलमा उहाँको उपस्थितिले काठमाण्डु गोर्खाजको ब्याटिङलाई बलियो बनाउने अपेक्षा छ । तर, उहाँको आगमनको महत्त्व काठमाण्डुको जित–हारमा मात्र सीमित हुनेछैन । यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र युवा खेलाडीलाई विश्वस्तरीय क्रिकेटको अनुभव दिलाउने अवसरसमेत सिर्जना गर्नेछ । अष्ट्रेलियाका लागि तीनै प्रारूपमा खेल्नुभएका उहाँले ११२ टेष्टमा आठ हजार ७८६, १६१ एकदिवसीय खेलमा ६ हजार ९३२ र ११० टी-२० अन्तर्राष्ट्रियमा तीन हजार २७७ रन बनाउनुभएको छ । टेष्ट र एकदिवसीय क्रिकेटमा गरी ४८ शतक प्रहार गर्नुभएका उहाँ तीनै प्रारूपमा शतक बनाउने सीमित ब्याटरमध्ये एक हो । अन्तर्राष्ट्रिय क्रिकेटमा मात्रै होइन, फ्रेन्चाइज क्रिकेटमा पनि उहाँको प्रभाव उत्तिकै ठूलो छ । विश्वका चर्चित टी-२० प्रतियोगिता खेलिसक्नुभएका वार्नरले समग्र टी–२० करिअरमा ४०० भन्दा बढी खेलबाट १४ हजारभन्दा बढी रन बनाउनुभएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा तीनपटक सर्वाधिक रनकर्ताको ‘ओरेन्ज क्याप’ जित्नुभएका उहाँले सन् २०१६ मा सनराइजर्स हैदराबादलाई कप्तानी गर्दै उपाधिसमेत दिलाउनुभएको थियो । अष्ट्रेलियाको जर्सीमा उहाँले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्नुभएको थियो । सन् २०२१ मा अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकप जित्दा उहाँ प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । सन् २०२३ को विश्व टेष्ट च्याम्पियनसिप जित्ने टोलीका सदस्यसमेत रहनुभएका वार्नरको नाममा चार आइसिसी उपाधि छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२४ मा सन्न्यास लिए पनि उहाँको ब्याट अझै शान्त भएको छैन । पछिल्लो बिगबास लिगमा सिड्नी थन्डरबाट आठ इनिङ खेल्नुभएका उहाँले दुई शतकसहित ४३३ रन बनाउनुभएको थियो । ८६.६० को औसत र १५४ भन्दा बढी स्ट्राइक रेटले उहाँ अझै पनि टी–२० क्रिकेटमा प्रभाव पार्न सक्ने अवस्थामा रहेको देखाउँछ । वार्नरको आगमनले सबैभन्दा पहिले एनपिएलको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ । विश्व क्रिकेटमा स्थापित खेलाडी कुनै प्रतियोगितामा सहभागी हुनु भनेको त्यस प्रतियोगिताको चर्चा आफ्नो देश र समर्थकसम्म पुर्‍याउनु पनि हो । वार्नरका करोडौँ समर्थक छन् । उहाँले काठमाण्डु गोर्खाजको जर्सी लगाएको तस्वीरदेखि कीर्तिपुरमा खेलेको एउटा इनिङ्ससम्मले अष्ट्रेलिया, भारतलगायतका क्रिकेटप्रेमीको ध्यान नेपालतर्फ तान्न सक्छ । यसको प्रभाव प्रतियोगिताको व्यावसायिक पक्षमा पनि पर्न सक्छ । अन्तर्राष्ट्रिय प्रसारण, प्रायोजन, डिजिटल दर्शक र फ्रेन्चाइजको ब्राण्ड मूल्य बढाउन यस्ता खेलाडीको उपस्थितिले सहयोग पुर्‍याउँछ । एनपिएलले विश्व क्रिकेटमा आफ्नो पहिचान विस्तार गर्न खोजिरहेका बेला वार्नरजस्तो खेलाडीको सहभागिता महत्त्वपूर्ण उपलब्धि हो । यसअघि पनि एनपिएलमा चर्चित विदेशी खेलाडीको सहभागिता रहँदै आएको छ । भारतीय पूर्वक्रिकेटर शिखर धवनले अघिल्लो संस्करण खेल्नुभएको थियो भने विश्व क्रिकेटका दिग्गज ब्रायन लारा नेपाल आएर प्रतियोगिता अवलोकन गर्नुभएको थियो । यसपटक वार्नरसँगै बंगलादेशका शाकिब अल हसन, जिम्बाब्वेका सिकन्दर रजा, न्युजिल्याण्डका जिमी निशम, श्रीलंकाका चरिथ असलंका र निरोशन डिकवेला, भारतका केएस भरत तथा इंग्ल्याण्डका सैफ अली जैबजस्ता खेलाडी पनि एनपिएलसँग जोडिएका छन् । न्युजिल्याण्डका स्कट कुगेलेइन र अमेरिकी अलराउण्डर हरमीत सिंहको सहभागिताले पनि प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाएको छ । वार्नरको आगमनको सबैभन्दा दीर्घकालीन प्रभाव नेपाली क्रिकेटका युवा खेलाडीमा पर्न सक्छ । टेलिभिजनमा विश्वस्तरीय खेलाडीको प्रदर्शन हेर्नु र उनीसँग एउटै ड्रेसिङ रुममा बसेर प्रशिक्षण गर्नु फरक कुरा हो । नेपाली खेलाडीले अब वार्नरको ब्याटिङ शैली, खेलअघि गर्ने तयारी, विपक्षी बलरको विश्लेषण, पावरप्लेमा जोखिम व्यवस्थापन र दबाबमा रन बनाउने तरिका नजिकबाट नियाल्न पाउनेछन् । विशेषगरी नेपाली युवा ओपनरका लागि वार्नरको अनुभव महत्त्वपूर्ण हुन सक्छ । नयाँ बलको सामना गर्ने तरिका, फिल्डरको अवस्थाअनुसार सट छनोट गर्ने क्षमता र इनिङ्सको सुरुवातदेखि नै विपक्षीलाई दबाबमा राख्ने उहाँको शैली नेपाली ब्याटरका लागि सिकाइ बन्न सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण
Latest NewsJust now

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

म्याग्दी । म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ । पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन... ...

रातोपाटी
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान
Latest NewsJust now

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन... ...

रातोपाटी
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा छ। हिजो अमेरिकी ड... ...

नेपालखबर
‘एक्का तीन’मा सुशील
Latest NewsJust now

‘एक्का तीन’मा सुशील

काठमाडौं । रूपेश तामाङको निर्देशनमा बन्ने चलचित्र ‘एक्का तीन’मा मुख्य अभिनेताका रूपमा सुशील श्रेष्ठ अनुबन्धित हुनुभएको छ । यसअघि मुख्य भूमिकामा अनुबन्धित पुष्प खड्का निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि आपसी सहमतिमा चलचित्रबाट बाहिरिनुभएको थियो । निर्देशक तामाङ र अभिनेता श्रेष्ठबीच लिखित सम्झौता भएको हो । हाल ‘साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले उक्त चलचित्रको काम सकेपछि ‘एक्का तीन’लाई समय दिने जनाइएको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play