एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। यस अवसरमा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत खेलाडी, आयोजक र खेलप्रेमीहरूलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले अङ्ग्रेजीमा सन्देश लेख्दै एनपीएलले छोटो समयमै हासिल गरेको लोकप्रियता र सफलताको प्रशंसा गरेका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा उल्लेख गरेका छन्। शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सव, नेपाल प्रिमियर लिग (NPL) आजदेखि शुरू हुँदैछ र यो केही वर्षभित्रै एउटा ठूलो खेलकुदको भव्य उत्सवका रूपमा विकसित भएको छ।’ उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई स्वागत गरेका छन्। साथै, उनले नेपाली खेलाडीहरू, आयोजकहरू र नेपाल क्रिकेट संघ (क्यान) प्रति शुभकामना व्यक्त गर्दै नेपाली क्रिकेटको प्रगतिको कामना गरेका छन्। उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै आफ्नो सन्देश टुंग्याएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका हेरफेर, पहिलो महिनामा ६ हजारभन्दा बढी यात्रु
पोखरा । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा विन्टर शेड्युल लागू भएसँगै संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाइदुबईले दुबई–पोखरा–दुबई उडानको समय तालिका हेरफेर गरेको छ । विश्वभर विन्टर शेड्युल कार्यान्वयनमा आएकाले... ...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
• अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलरको आसपास पुगेको छ, जसले नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र मूल्यवृद्धिमा दबाब पार्ने जोखिम बढाएको छ। • पश्चिम एसियामा चर्किएको तनाव र आपूर्ति अवरोधको चिन्ताले कच्चा तेलको मूल्यमा वृद्धि गरिरहेको छ, जसले नेपालमा इन्धनको मूल्य र समग्र मुद्रास्फीति बढ्न सक्छ। • यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहन्छ भने, यसले नेपालमा ...

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको हो । तालचोकबाट पावर हाउसतिर जाँदै गरेको ग २४... ...

दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि
झापा । दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी... ...


