एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको उल्लेख गर्दै उनले भने, “खेलप्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ। यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु।” प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटका साथै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा रहेको बताए। साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीहरूलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना समेत दिएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण
काठमाडौँ, कात्तिक ९ गते । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ। यहि अक्... ...

फूलखेती आम्दानीको मुख्य स्रोत
घोराही (दाङ), कात्तिक ९ गते । दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।यति... ...
.jpeg)
तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै
६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ । ...


