एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे हुनेछ । विराटनगर र चितवनबीच प्रतिस्पर्धा आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । विराटनगरमा नेपालका सन्दीप लामिछाने, लोकेश बम, बसिर अहमद र प्रतिश जिसीजस्ता खेलाडी छन् । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजको उपस्थितिले टोलीलाई बलियो बनाएको छ । यस्तै, धम्मिका प्रसादको प्रशिक्षणमा रहेको टोलीमा चरिथ असलंकाको आगमन र शुभम रन्जानेको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण हुन सक्छ । यता चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी र रिजन ढकालजस्ता युवा खेलाडी छन् । मध्यक्रममा रवि बोपारा र सिकन्दर राजाले टोलीलाई बलियो आधार दिन सक्छन् । पाकिस्तानी पूर्वबलर सोहेल तनवीरको टोलीमा उसामा मिर र कलिम सनाको उपस्थितिले बलिङलाई थप मजबुत बनाउने अपेक्षा छ । यी दुई टोलीबीच अघिल्ला दुई संस्करणमा भएका खेलमा दुवैले एक–एक जित निकालेका छन् । पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले हराएको थियो । उक्त खेलमा विराटनगरले १८१ रन बनाएको थियो भने जवाफमा चितवनले १३० रन मात्रै जोड्न सकेको थियो । दोस्रो संस्करणमा भने चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको थियो । १७५ रनको लक्ष्य पछ्याएको विराटनगर ११६ रनमै समेटिएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा चितवन अन्तिम चारमा पुगेको थियो भने दोस्रो संस्करणमा विराटनगरले प्लेअफमा स्थान बनाएको थियो । यसपटक दुवै टोलीको लक्ष्य सुरुआती खेलबाटै लय समात्ने हुनेछ । जनकपुर र कर्णालीको दोस्रो भेट आजको दोस्रो खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ । पहिलो संस्करणमा उपाधि जितेको जनकपुर दोस्रो संस्करणमा भने अंकतालिकाको पुछारमा रहेको थियो । त्यसैले तेस्रो संस्करणमा टोलीले कस्तो पुनरागमन गर्छ भन्ने चासो छ । यता पहिलो संस्करणमा काठमाडौं गोर्खाजलाई रनरेटका आधारमा पछि पार्दै शीर्ष चारमा पुगेको कर्णाली पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । अघिल्लो संस्करणमा पाकिस्तानी खेलाडीको नियमित उपस्थितिबाट अपेक्षित फाइदा लिन नसकेको कर्णाली यसपटक आफ्नो प्रदर्शन सुधार्न चाहन्छ । एनपीएलमा जनकपुर र कर्णालीबीच अहिलेसम्म तीन खेल भएका छन् । तीमध्ये जनकपुरले दुई खेल जितेको छ भने कर्णालीले एक खेलमा सफलता पाएको छ । पहिलो संस्करणको लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर एक बलमा दुई विकेट गुमाएर पूरा गरेको थियो । सोही संस्करणको क्वालिफायरमा पनि जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो संस्करणमा भने कर्णालीले जनकपुरसँग अघिल्ला हारको बदला लिँदै तीन रनको झिनो अन्तरले जित निकालेको थियो । यसपटक जनकपुर आफ्नो पुरानो लय फर्काउने प्रयासमा हुनेछ भने कर्णाली अघिल्लो संस्करणको जितलाई निरन्तरता दिँदै आपसी प्रतिस्पर्धामा अन्तर घटाउन चाहन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आहा हिमश्रृङ्खला (फोटो फिचर)
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय स्थलका रुपमा चिनिने पा... ...

असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० […] ...

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !
विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो । परम्परागत राजनीतिक... ...

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा... ...


