एनपीएलमा आज ब्रेक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगितामा विश्राम दिन राखेको हो। भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई खेल सञ्चालन हुनेछन्। दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन्। यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। विश्रामपछि शनिबार हुने दुवै खेलले एनपीएलको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त... ...

बालबालिकालाई मैत्रीपूर्ण वातावरण अनिवार्य
सुर्खेत समाचारदातासुर्खेत, कात्तिक १३ गते । सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशमा बालअधिकारको संरक्षण र प्रवर्धनका लागि तेस्रो बालभेला कार्यक्रम आयोजना गरेको छ । भेलामा सहभागी... ...

पछिल्लो २४ घण्टामा रोशीमा सबैभन्दा धेरै वर्षा
पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशीमा देशभरकै सबैभन्दा बढी वर्षा मापन भएको छ। ...

कञ्चनजङ्घा आधार शिविर जाने पर्यटक हिमपातका कारण प्रभावित
उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो । ...


