एनपीएलमा आज दुई खेल हुँदै

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्।

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । जनकपुर हर्मित सिंहको कप्तानीमा रहेको छ भने कर्णाली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रनेछ।

प्रतियोगिताको पहिलो दिन हिजो लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका ...

ऋतिक–सुजैन : सम्बन्ध विच्छेदपछि पनि उस्तै मित्रता
बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान कुनै समय फिल्म उद्योगका चर्चित जोडीमध्ये पर्थे । सन् २००० मा विवाह गरेका उनीहरूले करिब १४ वर्षपछि सम्बन्धविच्छेद गरे । अहिले दुवै आ–आफ्नो जीवनमा अघि बढिसकेका छन् । ऋतिक अभिनेत्री सबा आजादसँग प्रेम सम्बन्धमा छन् भने सुजैन अभिनेता अर्सलान गोनीसँग सम्बन्धमा छिन् । सम्बन्धविच्छेद भएको वर्षौँपछि सुजैनले आफ्नो… ...

स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?
रास्वपाले स्थानीय तहको उम्मेदवार हुन इच्छुकका लागि स्थानीय सरकार सञ्चालन ऐन, पार्टी विधान/नीति र वाचापत्रमा आधारित रहेर पाठ्यक्रम निर्माण गरेको छ । ...

ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका
लुलाप्रति आफ्नो राम्रो सम्बन्ध रहेको बताएका ट्रम्पले मतगणना र समयसीमा थपिएको विषयमा प्रश्न उठाएका छन् । ...