Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको तयारी पूरा, ७५ करोड बराबरको कारोबार हुने

एनपीएलको तयारी पूरा, ७५ करोड बराबरको कारोबार हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तयारी पूरा, ७५ करोड बराबरको कारोबार हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको जनाएको छ । आइतबार टीयु क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले सोमबारदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जनाएको हो । एनपीएलको‌ तेस्रो संस्करणको बिजेताले रु १ करोड ५० लाख र उपविजेताले ८० लाख तथा तेश्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैया प्राप्त गर्ने क्यानले जनाएको छ । एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमति अनुसार तेस्रो संस्करणको पुरस्कार राशी भारी वृद्धि गरिएको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए । यस संस्करणमा मुख्य प्रायोजकबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त भएको खड्काले बताए । त्यस्तै स्पोन्सरशिप, टिकटिङ तथा टिकेट पार्टनरहरूसहित कुल ७० देखि ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने उनले बताए । उनले टिम ओनरहरूले गर्ने खर्चसमेत जोड्दा एक महिनाको अवधिमा एनपिएलको कुल कारोबार १५० करोड रुपैयाँ पुग्ने उल्लेख गरे । पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले विदेशी खेलाडीहरूलाई आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने कानुनी प्रावधान रहेकाले क्यानले सम्बन्धित बोर्डहरूसँग लगातार समन्वय गरिरहेको बताए । उनले आगामी नोभेम्बर १५ मा एनपीएलको लिग चरणका खेलहरू सकिने उल्लेख गर्दै दोस्रो चरणमा छनोट नहुने ४ वटा टोलीका खेलाडीहरूलाई समेटेर ‘राइजिङ स्टार्स’को टोली बनाई ओडिआई अभ्यास र खेलहरूमा सहभागी गराइने जानकारी दिए । एनपीएलको तेस्रो संस्करणमा आठ टिमको सहभागिता रहनेछ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ । त्यस्तै प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिने क्यानले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
ताजा खबरJust now

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

रातोपाटी
कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

कर्पोरट खबर
सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
ताजा खबरJust now

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

रातोपाटी
एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
ताजा खबरJust now

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play