एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् । ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्’ उनले भनेका छन्। आजको उदघाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल अपराह्न साढे चार बजे सुरु गर्ने तालिका छ । प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स सहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले भाग लिएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेकपाको जागरण अभियान : घटेको जनमत बढाउने, सकेसम्म सदस्य थप्ने र नविकरणमा जोड दिइने
• नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि दुईमहिने जागरण अभियान सुरु गरेको छ। • अभियानमार्फत सदस्यता नवीकरण, जनसम्बन्ध सुदृढीकरण र उम्मेदवार छनोटमा जनताको अपेक्षाअनुसार जोड दिइनेछ। • महँगी, कालाबजारी र सरकारका जनविरोधी कामविरुद्ध जनतालाई जागरुक बनाउँदै आन्दोलनको तयारी गर्ने नेकपाको योजना छ। ...

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई दुई दिनको अल्टिमेटम थप गरी माग पूरा गर्न सम्झाएका हुन्। केसीले २ कात्तिकमा विभिन्न चार बुँदे माग राख्दै पूरा गर्न सरकारलाई एक साताको समय दिएका थिए। एक साताको अवधि पूरा हुँदा आफ्ना मागबारे सरकार ...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले... ...

हेटौँडामा कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
• मकवानपुरको हेटौँडामा चेकपोइन्ट नजिकबाट १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको छ। • प्रहरीले कारमा सवार चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा एक भारतीय चालक र उनका परिवारका सदस्य छन्। • बरामद गरिएको धातुको वास्तविकता पुष्टि गर्न परीक्षण भइरहेको छ। ...


