एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला

पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा निर्माण गरिने रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन् । रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् । चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गरेका हुन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५
९ कात्तिक, काठमाडौं । सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू ०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइमा पर्न थालेको छ। गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो विद्युतीय एसयूभी खरिद गरेसँगै गाडीप्रति थप चासो बढेको कम्पनीले जनाएको छ। आफ्नो प्रतिभा र विशिष्ट पहिचानमार्फत दर्शकमाझ परिचित यी… ...

एनपीएलको मैदानमा जसले जिते पनि नेपाली क्रिकेटको जित हुनेछ : मन्त्री गौतम
८ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक… ...

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि
भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । ...

२० दिनमा इतिहास: लुलाले कसरी बोल्सोनारोलाई हराए ?
अब यो चुनावी सङ्केतलाई उनले मूर्त र ठोस प्रस्तावमा परिणत गर्छन् या गर्दैनन् भन्ने हेर्न बाँकी नै छ। ...


