एनपीएल: लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य, सुदूरपश्चिम ८७ रनमा समेटियो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। साविक विजेता लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। सुदूरपश्चिमको ब्याटिङ सुरुवाती चरणदेखि नै धर्मराएको थियो। टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए। त्यस्तै श्याड्ली भान श्काक्वीक, रोहित पौडेल र तिलक भण्डारीले समान एक-एक विकेट लिए। शेर मल्लले विनोद भण्डारीलाई ९ रनमा एलबीडब्ल्यु आउट गर्दै लुम्बिनीलाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि पाँचौँ ओभरमा किशोर महतोले आरिफ शेखलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई २ रनमा आउट गरे। पावरप्ले सकिनुअघि सैफ जैब १३ रन बनाएर आउट भए। सुदूरपश्चिमका लागि इसान पाण्डेले ७ रन जोडे। १३ औँ ओभरमा किशोर महतोले कप्तान दीपेन्द्र सिंह ऐरीलाई २७ रनमा बोल्ड गरे भने सोही ओभरको अर्को बलमा हेमन्त धामीलाई शून्य रनमा पेभेलियन फर्काए। सुदूरपश्चिमका विदेशी खेलाडीहरूले पनि निराशाजनक प्रदर्शन गरे। टोलीमा रहेका चारै जना विदेशी खेलाडी सस्तोमा आउट भए। सैफ जैबले १३ रन बनाउनुबाहेक अन्य विदेशी ब्याटरहरू ब्रान्डन म्याकमुलेन २, शर्फेन रदरफोर्ड १ र स्कट कुगेलिन शून्य रनमै आउट भए। १० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर ५८ रन बनाएको सुदूरपश्चिम त्यसपछि थप सम्हालिन सकेन र ८७ रनमै अल आउट भयो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/npl-3rd-edition-lumbini-sudur-%20(34).jpg)
एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) साविक विजेता लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । ...

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० ...

जो कांग्रेस छन्, ती किन छन् ?
नयाँ परिवेशमा पदाधिकारी हुन चाहने सबै तहका सदस्यलाई ‘नयाँ कांग्रेस’ ले सोध्नुपर्ने छ– तपाईं कांग्रेसमार्फत समाजलाई के दिन्छु भनेर आउन लाग्नुभएको हो ? यो प्रश्नको निहितार्थ हुनेछ– तपाईंको व्यक्तिगत छविका कारण दुनियाँले तपाईं यो पार्टीमा आएको वा बसेको सकेसम्म केही दिन होइन, बरु लिन हो भन्ने बुझेको स्थिति त छैन? ...

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत
काठमाडौँ, कात्तिक ९ गते । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइनसले सोमबार पहिलो खेलमा सुदूरपश्चि रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुआत... ...


