काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लिग चरणको निर्णायक मोडमा पुगेको छ। प्रतियोगिताका १८ खेल सम्पन्न भइसकेका छन् र अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने टुंगो लगाउनेछन्। अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ। ६-६ अंक जोडेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने ५ अंकका साथ चितवन राइनोज चौथो स्थानमा रहेको छ। जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित प्लेअफ दौडमा छन्। चार खेलमा लगातार हार व्यहोरेको पोखरा एभेन्जर्स अंकविहीन भए पनि गणितीय रूपमा अझै प्रतियोगितामा छ। लिग चरणका २८ मध्ये १८ खेल सकिँदा कुनै पनि टोलीले प्लेअफमा स्थान पक्का गर्न सकेको छैन। लुम्बिनीलाई बाँकी दुई खेलमा एक जितले प्लेअफ यात्रा सहज बनाउनेछ। तीन जितसहित ६ अंकमा रहेको काठमाडौं गोर्खाजका लागि बाँकी तीन खेल महत्त्वपूर्ण छन्। सुदूरपश्चिम र चितवनका लागि पनि आगामी खेलहरू निर्णायक हुनेछन्। जनकपुर, कर्णाली र विराटनगरका लागि भने अबका खेलहरू थप चुनौतीपूर्ण छन्। ४-४ अंकमा रहेका यी टोलीले आफ्नो भविष्य सुरक्षित गर्न बाँकी खेलमा जित निकाल्नुपर्ने दबाब छ। विशेषगरी कर्णाली याक्ससँग तीन खेल बाँकी रहेकाले उनीहरूसँग आफ्नो भाग्य आफैं कोर्ने अवसर छ। पोखरा एभेन्जर्सका लागि भने स्थिति निकै कठिन छ। बाँकी रहेका तीनै खेल जिते पनि उनीहरू ६ अंकमा मात्र पुग्नेछन्, त्यसैले उनीहरूलाई अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ। आजबाट सुरु हुने बाँकी १० खेलले एनपीएलको प्लेअफ समीकरण पूर्ण रूपमा स्पष्ट पार्नेछन्। अबको प्रत्येक खेलले टोलीहरूलाई प्लेअफको नजिक पुर्याउन वा प्रतियोगिताबाट बाहिर धकेल्न सक्छ।
एनपीएल प्लेअफको समीकरण: अबका १० खेलले तय गर्नेछन् भाग्य

Read Complete Original Article
Published originally on नेपालन्युज


![गाईपूजाको धार्मिक महत्त्व: गौमातामा देवीदेवताको बासदेखि वैतरणी पार हुने विश्वाससम्म [भिडियो]](https://hamrakura.com/uploads/news/images/saligram-dhakal-21-07.jpg)



