एनपीएल : पावर प्लेमा कर्णालीले बनायो ३८ रन, तीन विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भइरहेको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पावर प्लेमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ। कर्णालीका आरिफुल इस्लामले १० बलमा १९ रन जोडेका छन्। जनकपुरका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै दुई ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका छन्।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएल : कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे । जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइल अलीले २/२ ...

क्रिकेटको उल्लासमा झलमल्ल कीर्तिपुर (तस्वीरहरू)
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । ...

अवैध लागूऔषध सहित चार जना पक्राउ
१० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ… ...

पोखरा एभेन्जर्सको टाइटल स्पोन्सरमा द शाहंशाह अपार्टमेन्ट
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई टाइटल स्पोन्सर बनाएको छ। मंगलबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्स र द शाहंशाह अपार्टमेन्टबीच प्रायोजन सम्झौता भएको हो। सम्झौतापत्रमा अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरेका छन्। यस सहकार्यले टोलीको व्यावसायिक साझेदारी बलियो बनाउनुका… ...


