एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् । चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् । यस्तै, आजै अपराह्न साढे ४ बजे हुने खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्ने छन् । जनकपुरको नेतृत्व कप्तान हर्मित सिंह र कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दै छन् । सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । एनपीएल समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । यस पटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । एनपिएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस)को व्यवस्था गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ । प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा डेढ करोड आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग संकलन गरिएको थियो । उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत ...

इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको गृष्मकालीन युद्धविराम समयको बर्बादी भएको बताएका छन्। ...

लामो समयदेखि गैरहाजिर ११ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ ...

भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी
सोमबार पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले माचादोको नाम नलिइकन भने, 'तपाईं सडक प्रदर्शन गरेर मात्रै लोकतन्त्र ल्याउन सक्नुहुन्न।' ...


