एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो ।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए ।

अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन् । विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए ।

आरिफ शेख (६ बल), स्कट कुग्गेलेइन (२ बल) र हेमन्त धामी (१ बल) खाता नखोली शून्य रनमै आउट भए । सुदूरपश्चिमले अतिरिक्त बापत १० रन प्राप्त गरेको थियो ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के छ त ? ...