Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : काठमान्डु गोर्खाजको सहज जित, विराटनगर ९ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : काठमान्डु गोर्खाजको सहज जित, विराटनगर ९ विकेटले पराजित
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगरलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। काठमान्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहे। टोलीले ६.२ ओभरमै ५० रनको स्कोर पार गरेको थियो। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो। विराटनगरको ब्याटिङ लाइनअप निकै कमजोर देखियो, जसमा रूपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन बनाए। टोलीका तीन ब्याटरले खाता खोल्न सकेनन् भने आन्द्रे रसेल ३ रनमा आउट भए। लोकेश बम ६ रन र बसिर अहमद १० रनमा सीमित रहे। काठमान्डुको बलिङमा सन्तोष यादवले तीन र सहन आरच्चिगेले दुई विकेट लिए। यसैगरी करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले एक-एक विकेट हात पारे। पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो। यता, तीन खेल खेलेको काठमान्डुले दुई जित र एक हारको नतिजा निकालेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली
Latest NewsJust now

केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली

भारतको उत्तराखण्डस्थित रुद्रप्रयागस्थित केदारनाथ मन्दिर खुलेको सिजनमा राम्रो आम्दानी हुने भएकाले दुई हजारभन्दा बढी नेपाली यात्रु, सामान बोक्ने र होटल स‌ञ्चालनका लागि त्यहाँ पुग्छन् । ...

कान्तिपुर
हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु
Latest NewsJust now

हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएपछि भारत भागेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय परिवर्तन नहुने बताएकी हुन्।  आन्दोलनमा भएको घातक दमनका लागि जि... ...

नेपालखबर
बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा
Latest NewsJust now

बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा

• सुनसरीको बराहक्षेत्र नगरपालिकामा चौथो स्टोन स्किपिङ च्यालेन्ज प्रतियोगिता आगामी २४ कात्तिकमा आयोजना हुने तयारी पूरा भएको छ। • प्रतियोगिताको उद्देश्य लोपोन्मुख सीम तित्रा चराको संरक्षण र मधुवन क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो। • प्रतियोगितामा सहभागीका लागि स्टोन स्किपरहरूलाई आह्वान गरिएको छ र प्रतियोगितात्मक टी-शर्ट पनि सार्वजनिक गरिएको छ। ...

नेपालबहस
नेपालमा आउँदै ‘हसल बाई नेपहप’
Latest NewsJust now

नेपालमा आउँदै ‘हसल बाई नेपहप’

काठमाडौँ । नेपाली हिप–हप संगीतमा आधारित र्‍याप रियालिटी शो ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइजका रूपमा यो कार्यक्रम... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play