एनपिएलमा म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं। श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन्। विराटनगर किङ्ग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ। म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन्। श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन्। बलिङतर्फ उनले टेष्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन्। म्याथ्युजले इण्डियन प्रिमियर लिग (आइपिएल) र लङ्का प्रिमियर लिग (एलपिएल) पनि खेलिसकेका छन्। यस्तै, दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन्। लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन्। तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

अफ्रिकामा फैलिँदै इबोला
काठमाडौँ । नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन् । बिहीबार आयोजित अनलाइन... ...

अर्थमन्त्री वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट’मा सहभागी हुन नयाँदिल्लीमा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनी भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गर्ने ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्। डा. वाग्ले बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानबाट नयाँदिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण टोलीमा उनीसँगै प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका ...

रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि शुक्रवार भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि भारत जाने भएका छन्। पार्टीको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने कात्तिक ६ गते शुक्रवारदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआराधना गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। तीनदिने ...