एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

काठमाडौँ। बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले शुक्रबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।” बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए । विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए । शमीमले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरे । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए । उनले हालसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपिएलमार्फत त्यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...


