Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेताको सामना गर्नुपर्नेछ । सुदूरपश्चिम र लुम्बिनी पहिलो अवसर नै सदुपयोग गरेर फाइनलमा स्थान बनाउने योजनामा छन् । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलको यात्रा गर्ने लक्ष्यमा छन् । गत संस्करणको एनपिएल फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । यही संस्करणको पहिलो खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो । लुम्बिनी आज पनि सोही नतिजा दोहोर्याउँदै फाइनलको यात्रा गर्न चाहन्छ । दीपेद्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम लुम्बिनीसँगको पछिल्लो दुई हारको बदला लिँदै तेस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Latest NewsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

• कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ, जसमा गोलभेडा, आलु, प्याज, गाजर, र अन्य तरकारीका मूल्य समावेश छन्। • ठूलो नेपाली गोलभेडा र भारतीय गोलभेडा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आलुका विभिन्न प्रकारका मूल्य २८ रुपैयाँदेखि ५५ रुपैयाँसम्म तोकिएका छन्। • विभिन्न च्याउ, साग, र फलफूलका मूल्य पनि तोकिएका छन्, ...

नेपालबहस
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। बुधबार सुरु हुने राष्ट्रिय भेलाको अघिल्लो दिन आज मंसिर १ गते एमालेले स्थायी कमिटी बैठक राख्न लागेको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ। ‘बैठकले मंसिर २ मा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेल... ...

नेपालखबर
नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन
Latest NewsJust now

नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन

काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजनले प्याटिन्सनलाई चर्चित जासुसी पात्र जेम्स बन्ड अर्थात् ‘००७’ को भूमिकामा चयन गरिएको घोषणा गरेको हो । नयाँ जेम्स बन्डका रूपमा प्याटिन्सनलाई प्रस्तुत गरिएको भिडियोमा उनी कालो सुट लगाएर हातमा बन्दुक बोकेको अवस्थामा देखिएका छन् । भिडियोको अन्त्यमा ‘जेम्स बन्ड पुनः फर्किनेछन्’ भन्ने सन्देश राखिएको छ । प्याटिन्सनले जेम्स ...

कर्पोरट खबर
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुला, एक महिनाको समय
Latest NewsJust now

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुला, एक महिनाको समय

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । इच्छुक उम्मेदवारले आवेदन खुलेको मितिदेखि एक महिनाभित्र आवेदन दिन सक्नेछन् । आयोगले आज मंगलबार एक सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । सूचनामा न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर ७ गतेदेखि अनलाइन दरखास्त भर्न सक्ने भनिएको छ । उम्मेदवारले आयोगको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play